समाचार

त्रिभुवन बिमानस्थलमा यसरी गरियो चिनियाँ विमान परीक्षण उडान

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरिएको छ ।

राष्ट्रपति सिको नेपाल भ्रमणअघि एयर चाइनाको बोइङ ७४७–८०० विमानले बुधबार दिउँसो परिक्षण उडान गरेको जनाइएको छ ।

विमान दिउँसो १ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। परिक्षण उडानसँगै विमान करिब बजेतिर पुनः चीन फर्केको छ ।

राष्ट्रपति सि यहि असोजको अन्तिम साता नेपाल भ्रमणमा आउने जनाइएपनि मिति भने तोकिएको छैन ।

Related Articles

Back to top button