भ’ण्डाफोर गर्ने भन्दै रोशनिले ओली र प्रचण्ड र बिना मगरको मागिन् राजीनामा
काठमाडौ। निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि ज’र्बज’स्ती क’रणीको गम्भीर आ’रोप लगाएकी रोशनी शाही सामाजिक सञ्जालमा उ’ग्र बन्दै गएकी छिन् । किशिम किशिमका स्टाटस पोष्ट गर्दै आएकी शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यष प्रचण्डको समेत राजीनामा मागेकी छिन् ।
भ’ण्डाफोर गर्ने भन्दै उनले नेताहरुको राजीनामा माग्दै उनले महरालाई राजीनामा गर्न लगाइएकोमा आ’क्रो’श व्यक्त गरेकी छिन् । ज’र्बज’स्ती क’रणीको आरोप लगाएको भोलिपल्ट सच्याउँदै महरा नि’र्दोष भएको भन्दै उनले नैतिकता महरालाई मात्र लागू हुन नहुने लेखिन् । उनले सबैभन्दा पहिला खानेपानीमन्त्री विना मगरको राजीनामा मागिन् ।
उनले लेखेकी छिन्, ‘बिना मगरले छ महिनामा मेलम्चीको पानी ल्याउँछु भन्थिन् दुई वर्ष हुनलाग्यो पानी आएको छैन, के तिनले नैतिकताले राजीनामा दिनु पर्दैन ?’ प्रधानमत्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिन् । उनले लेखिन्, ‘प्रचण्डले १७ हजार कायृकर्ता मारे के तिनलाई नैतिकता लागू हुँदैन।
प्रम केपी ज्यूले सिंगापुरबाट सरकार चलाउँथे नियम विपरित काम गर्दा तिनलाई चाहिं नैतिकता नहुने महरा सरले मात्रै नैतिकता देखाउनुपर्ने‘।’ रोशनीले भ’ण्डाफोर अभियानमा जाने चे’तावनी समेत दिइन् । उनले लेखेकी छिन् , ‘अब कसैको ड’र त्रा’समा सत्य कुरा लुकाइन्न ।’ उनले के कस्तो खुलासा गर्ने खुलाएकी छैनन् ।