समाचार

भखरै काठमाडौँबाट आयो यस्तो दुर्घटनाको खबर

थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे निधन भएकाे छ । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाईकललाई बागेश्वरी तर्फ जाँदै गरेकाे ट्रिपरले ठक्कर दिँदा एक जनाको निधन भएको छ भने १ जना घाईते भएका छन् । थानकोटबाट कंलकी आउँदै गरेको बा २६प ४९०३ नम्बरकाे मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङगल स्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशा तर्फ गईरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै निधन भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले निधन हुनेमा जिल्ला चितवन रत्ननगर १६ का वर्ष २५ का सुनिल अधिकारी भएको बताए । घाईते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेका छन् । दुर्घटनामा घाईते बाँनियाको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ । ट्रिपर र ट्रिपर चालक भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा वृद्धाको निधन

ललितपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक वृद्धाको निधन भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको निधन भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

एकैदिन ५० जना बढीलाई बौलाहा कुकुरले टोके

महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार दिउँसो करीब ३ बजेदेखि राति ७÷८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाउने सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पतालमा रिफर गरिएको हो ।

डा ठाकुरले शुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामा घाइते भएकाहरू आए पनि साँझदेखि महोत्तरीको विभिन्न स्थानबाट उपचार गराउन आइरहेका हुन् । बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो ।

एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

३२ खसीबोका नियन्त्रणमा

महोत्तरीमा दशैँका लागि भन्सार छली भारतबाट अवैधरुपमा तस्करी गरी नेपाल ल्याएको ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ हेक्वा जलसागरले जलेश्वर नगरपालिका–५ स्थित नेपाल भारत सीमा नजिकैबाट तस्करी गरी ल्याइएका ३२ वटा खसीबोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार गएराति वनको बाटो हुँदै भारतबाट नेपाल भित्र्याइएको ती खसीबोकालाई सीमा गस्तीमा खटेका सशस्त्र प्रहरी टोलीले देखेपछि उनीहरु ती खसीबोका छाडेर भागेपछि सशस्त्र प्रहरी टोलीले ती खसीबोका नियन्त्रणमा लिएको हो । सीमा नजिकैबाट नियन्त्रणमा लिइएका खसीबोका सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवारामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

अन्य समाचार, गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका । १. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ । २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ । ३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।

५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ । श्रीमानले गरे ६ वटी श्रीमतीसँग एकैपटक यौन सम्पर्क, त्यसपछि घट्यो यस्तो डरलाग्दो घटना !लिवर अर्थात् कलेजोको सम्पूर्ण फोहोर वा खराबीलाई एकपटकमै हटाउने यो गोप्य घरेलु औषधी ! लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौं केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।

समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ। कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।
त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।

यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ। ५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ। लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ। अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि: १. यसको लागि चाहिने सामग्रीहरु: लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।

बनाउने विधि: लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने । लगभग एक गिलास जुस बनाउने। अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने। यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ। २. मुलाको पात: मुलाको पातमा भिटामिन A, B र C पाइन्छ। यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ। यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ।

३. किसमिसको पानी: करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने । साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।

४. गहुँको जुस: गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ। साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो। गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ। यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ। एजेन्सी कुश्मा – पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला आयोजक समितिले जनाएको छ ।

Related Articles

Back to top button