समाचार

मोरङ रिना बस्नेत मृत्यु प्रकरणः

विराटनगर– ७ वैशाखमा मोरङमा २९ वर्षीया रिना बस्नेतको शव बेवारिसे अवस्थामा भेटिएपछि सुरु गरिएको पोस्टमार्टम जाँचको नतिजा आएको छ । सोमबार आएको रिपोर्ट नेगेटिभ भएको प्रहरीले जनाएको छ । रिपोर्टले रिनाको हत्या नभएका पुष्टि गरेको मोरङ प्रहरीले जनाएको छ शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।पोस्टमार्टमका साथसाथै प्रहरीले रिनाको हत्या भएको आशंकामा ५९ जनाभन्दा बढीसँग सोधपुछ पनि गरेको थियो । तीमध्ये केहीको पोलिग्राफ टेस्ट पनि गरिएको थियो ।रिनाका प्रेमी भनिएका कमल नेपाल, कमली पत्नी र मदन गुरागाईंको पोलिग्राफ टेस्ट गरिएको र यसबाट पनि रिनाको हत्या नगरिएको प्रमाणलाई जोड पुगेको प्रहरीले बताएको छ ।७ वैशाखमा पथरीमा रिनाको शव उनी बस्ने घरकै अगाडि सडकमा भेटिएको थियो । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् । उनी तेस्रो तलामा १४ वर्षे छोरासँगै बस्दै आएकी थिइन् ।रिनाको शव भेटिएपछि स्थानीय अधिकारकर्मीले उनको हत्या भएको आशंका गरेका थिए । प्रहरीले हत्यारा लुकाउन प्रयास गरिरहेको भन्दै पथरीमा दैनिक विरोध पनि भइरहेको थियो । रिनाको मृत्युको वास्तविक पत्ता लगाउन दबाब दिने उद्देश्यले त्यहाँ स्थानीय महिलाहरुको अगुवाइमा संघर्ष समिति पनि बनेको छ ।प्रहरीले चाहिँ पोलिग्राफी, पोस्टमार्टमलगायतको रिपोर्ट नेगेटिभ आए पनि अन्य अनुसन्धान जारी राख्ने बताएको छ ।झापा । इलाका प्रहरी कार्यालय अनारमनी (विर्तामोड) झापाकाका डिएसपी सुवास खड्का कारवाही परेका छन् ।आफ्नो कुर्सीमा बसेर अर्कोले फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे सँगै डिएसपीलाई १ नम्बर प्रहरी कार्यलयले

कार्वाही गरेको हो ।खड्कालाई कार्वाही स्वरुप एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले जनाए । डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिचे पछि खड्कालाई प्रदेश कार्यलयमा तानिएको हो ।झापाको दमक घर बताउने ३० वर्षिय हर्कराज गुरुङ आइतबार नै पक्राउ परेका छन् । उनलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । डिएसपी खड्का काठमाडौंबाट सरुवा भएर चार महिना अघि इलाका प्रहरी कार्यालय अनारमनी पुगेका थिए । २०७५ साल माघ ७ गते विर्तामोड प्रहरी इन्चार्ज भएका डिएसपी खड्का ५ महिना नबित्दै कारवाहीमा परेर तानिएका हुन् इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी बस्ने कुर्सीमा बसेको फोटो देखाउँदै झापाका स्थानीय युवा तथा होटल सञ्चालकलाई धम्क्याउने र कुटपिट गर्दै हिँड्ने हर्क गुरुङलाई प्रहरीले आइतबार साँझ ६ बजे पक्राउ गरेको थियोडीएसपी सुवास खड्का बस्ने कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउने र कुटपिट गर्ने गुरुङ मेनपावर सञ्चालक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गुरुङ बिर्तामोडको शनिश्चरे रोडमा रहेको केआर म्यानपावरका सञ्चालक रहेको प्रहरीले जनाएको छ। उनले प्रहरीसँग आफ्नो घर झापाको दमकमा भएको बताएका छन्। प्रहरीका अनुसार उनीसँग भारतीय नागरिकता पनि रहेको खुलेको छ। बिर्तामोडको शनिश्चरे रोडमा रहेको तेह्रथुम सेकुवा कर्नरका सञ्चालक रुद्र कन्दङवा र व्यवसायी चरिन्द्रकुमार चोम्बाङलाई कुटपिट गरेको जाहेरीका आधारमा गुरुङ पक्राउ परेका हुन्

Related Articles

Back to top button