समाचार

दशै का यात्रु लियर। काठमाण्डौ बाट छुटेको।बस दुर्घटना

सिन्धुली/
सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मृ’तकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। file pic

Related Articles

Back to top button