समाचार

५ वर्ष जेल सजाय

निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन्। ‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,।’ यो संगै अब महरालाई रोशनी शाहीमाथि क र णी प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्छ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई क र णी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ। करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ।यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि क र णीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ।

रोशनी शाहीले गत आइतबार बेलुकी महराले कोठामा आइ गरेको आरोप लगाएकी थिइन् । सोमबार एक मिडियामा भिडियोसहित उनका बारेमा समाचार आयो । लगातार अन्य मिडियाबाट पनि समाचार आउन लागे । त्यसको १२ घण्टा नबित्दै शाहीले आफूमाथि महराले कुनै प्रकारको दु र्व्य वहार नगरेको समाचार र भिडियो सार्वजनिक गरिन् । यसै घटनाले गर्दा महाराले सभामुख पदबाट राजिनामा पनि दिएका छन् ।

आरोप लागेपछि सोमबार घटनाको अनुसन्धानमा सहज होस् भन्‍ने हेतुले आफूले राजीनामा दिएको महराले बताएका थिए । तर, सोमबार बेलुका रोशनीले फेरि एक अर्को अनलाइनलाई महरा आफ्नो बाबु समान भएको र आफ्नो कोठामा नआएको बताएकी थिइन् । सीसीटिभी क्यामेराको फुटेजमा महरा रोशनी बस्ने घरमा गएको देखिएको छ।

घटना भएकै आइतबार राति नै पीडित महिलाले महराले ब ला त्कार गरेको भन्दै प्रहरीमा खबर समेत गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् ।

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका र क्सीको बोतल, घम्साघम्सीमा भाँ’चिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवा लगायत सामान बरामद गरेको थियो। जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।

Related Articles

Back to top button