समाचार

दशैको मुखमा बिजयले लिए बाबुको ज्यान

नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको ज्यान लिएका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको ज्यान लिएकाहुन् ।

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा निधन भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिनुभयो । उहाँका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार रातिनै प क्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

पर्यटक मृ’त फेला

असोज १ गतेदेखि सम्पर्कविहीन रहेका नेदरल्यान्डका एक पर्यटक आज मृ’त फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमन्त थापाका अनुसार २७ वर्षीय थोमस मृत भेटिएका हुन् । उनको श’व गोसाइँकुण्ड गाउँपालिका–१ थुमन क्षेत्रको रिछर जङ्गलमा फेला परेको हो ।

नेपाल प्रहरी, सिम्रिक एयरका कर्मचारी र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट उनको श’व फेला परेको हो । खोज उद्धारका लागि पाँच दिनदेखि सिम्रिक एयरको हेलिकप्टरले सम्भावित ठाउँमा हवाई अवलोकन गर्दै आएको थियो । उनीसँगै हराइरहेका दक्षिण कोरियाका नागरिक सिसुङको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button