समाचार

सवारी दुर्घटनामा परी ९ जनाकाे ज्यान गयाे,

काठमाडौं, १८ असोज-रौतहट, चन्द्रपुर नगरपालिका-६ गौर चपुरस्थित सडकमा ना.८ ख २२८९ नम्बरको ट्रकले साईकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री चन्द्रपुर नगरपालिका-६ बस्ने ७५ वर्षीय सुकदेव बैठाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित सडकमा बा.१० च ३००२ नम्बरको कारले बा.८० प ६३०० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनाकोठी बस्ने काभ्रे दोलालघाट घर भएका ३३ वर्षीय गोपाल माझीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनकी श्रीमती २३ वर्षीया सुमित्रा माझी र १८ महिनाको छोरा नियोन माझीको पाटन अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।झापा, कमल गाउँपालिका-१ स्थित सडकमा बा.२९ प ७२१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएकामोटरसाइकलमा सवार झापा गौरादह नगरपालिका-१ बस्ने ५५ वर्षीय बिष्णु बहादुर कटवालको लाइफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं तार्केश्वर नगरपालिका-६ बस्ने २० वर्षीय बिशाल थापाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरीबजारमा ग.२ च ९९५० नम्बरको जिपले ग.१५ प ४३८० नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा २ जानको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा महानगरपालिका-२७ आदर्श चोक बस्ने २५ वर्षीय हिमाल गुरुङ र सोही ठाउँ बस्ने २३ वर्षीय रक्ष गुरुङको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र जिप चालक प्रहरीले नियन्त्रणमा लिएको छ सिन्धुली, सुनकोसी गाउँपालिका-१ देबिस्थानमा काठमाडौंबाट सिराहाको लाहानतर्फ जाँदै गरेको बा.३ ख २३५९ नम्बरको बस शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरुष र १ जना महिला गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ ।सिराहा, धनगढीमाई नगरपालिका-१० आपचौकस्थित सडकमा बा.४ ख ६०४५ नम्बरको हायसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका-१२ बिष्णुपुरकट्टी बस्ने ५५ वर्षीय रामनारायण खत्वैको राउ अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comment

Related Articles

Back to top button