समाचार

ह’तियार सहित ब्यारेकबाट निस्कियो नेपाली सेना

काठमाडौं । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विमानस्थल, राष्ट्रपति सी चढ्ने विमान, सडक, होटल र कार्यक्रमस्थल जस्ता क्षेत्रमा चारवटै सु’रक्षा निकायका टोली खटिइसकेको जनाउँदै ग’स्तीमा सेना परि’चालन भएको पुष्टी गरे।
उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा सु’रक्षा नेतृत्व पाएको नेपाली सेनाले ब्यारेकबाट निस्केर काठमाडौंका सडक–चोकमा गस्ती गर्न थालेको छ।

२३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको भ्रमणमा हुन सक्ने सु’रक्षा ख’तराको विश्लेषण गर्दै नेपाली सेना ह’तियारसहित ग’स्तीमा निस्केको हो।

सेनाले सु’रक्षाका दृष्टिले सं’वेदनशील र तिब्बती शरणार्थीहरुको बाक्लो उपस्थिति रहेका विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसारस्थित चिनियाँ दूतावास क्षेत्र तथा फर्फिङबाट उपत्यका छिर्ने नाकामा ग’स्ती सुरु गरेको हो।

नेपाल सरकारले विशिष्ट पाहुनाको सु’रक्षाका लागि अति विशिष्ट सु’रक्षा कार्यविधि २०७० जारी गरेको छ। त्यो कार्यविधिअनुसार नेपाली सेनाको नेतृत्वमा स’शस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनु’सन्धान विभागकोे भूमिका स्पष्ट गरिएको छ। त्यही विधिअनुसार चारवटै सु’रक्षा निकाय राष्ट्रपति सी भ्रमणको सुरक्षामा खटिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

‘सेनाको नेतृत्वमा जंगी अड्डामा एकीकृत सु’रक्षा समन्वय समिति गठन भएको छ, समितिका बैठकहरु भइसकेका छन्’, पाण्डेले शनिबार भने, ‘कार्यविधिमा उल्लेख भएअनुसार सबै सु’रक्षा निकायको आ–आफ्नो जिम्मेवारीअनुसार सुर’क्षामा खटिएका छौं।’

विमानस्थल, राष्ट्रपति सी चढ्ने विमान, सडक, होटल र कार्यक्रमस्थल जस्ता क्षेत्रमा चारवटै सु’रक्षा निकायका टोली खटिइसकेको जनाउँदै पाण्डेले गस्तीमा सेना प’रिचालन भएको पुष्टी गरे।

करिब पाँच हजार नेपाली सेना सु’रक्षा गस्तीमा खटिएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका एक अधिकारीले बताए।

नेपालको संविधानको धारा २६७ को उपधारा ६ मा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सु’रक्षामा यु’द्ध, बा’ह्य आ’क्रमण, स’शस्त्र वि’द्रोह वा च’रम आर्थिक वि’श्रृंखलताको कारणले ग’म्भीर संक’ट उत्पन्न भएमा राष्ट्रिय सुर’क्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना प’रिचालनको घोषणा हुनेछ’ भन्ने उल्लेख गरिएको छ।

तर गत चैतमा राष्ट्रिय सु’रक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा बनेको ऐनले भने तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा प्रधानमन्त्रीले सेना प’रिचालन गर्न सक्ने बाटो खुला गरेको थियो।

राष्ट्रपति सी असोज २५ गते भारतको चेन्नइबाट विशेष चार्टर्ड विमानमा काठमाडौं उत्रने र एक रात बसेर बेइजिङ उड्ने कार्यतालिका रहेको छ। बेइजिङले औपचारिक रुपमा भ्रमण तालिका सार्वजनिक नगरे पनि यसपाली सी एकै पटक नेपाल र भारतको भ्रमणमा निस्कने तयारीमा रहेका छन्।

विशिष्ट अतिथिको सु’रक्षा कार्यविधिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रपति सी चिनफिङको सु’रक्षाका लागि नेपाली सेना खटिएको हो। सीलाई नेपालले अति विशिष्ट भन्दा माथिको सम्मानका साथ जेड–प्लस सुर’क्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ।

जेड–प्लस सु’रक्षा व्यवस्था भनेको नेपालले अपनाउने सबैभन्दा उच्चस्तरको सु’रक्षा व्यवस्था हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउँदा यस्तै सु’रक्षा व्यवस्था गरिएको थियो।

नेपाली सेनाका अधिकारीहरूका अनुसार सीलाई मोदीभन्दा बढी सुर’क्षा चु’नौति रहेकाले जेड–प्लस सुरक्षा व्यवस्थालाई अझै बलियो र व्यवस्थित बनाउन लागिएको छ। यस्ता भ्रमणहरूमा अतिथिको प्रोफाइल र सु’रक्षा चुनौति विश्लेषण गरेर नेपालले मध्यम, विशिष्ट, अति विशिष्ट र त्यसभन्दा माथिको सु’रक्षा रण’नीति अपनाउने गरेको छ।

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी स’शस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुस’न्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सु’रक्षा टोलीले सी भ्रमणको सु’रक्षा खाका बनाएर काम थालिसकेको छ।

तिब्बती श’रणार्थीप्रति विशेष नि’गरानी
चारवटै सु’रक्षा नि’कायका सु’रक्षा अधिकारीहरु तिब्बती शरणार्थीले सी भ्रमणका क्रममा वि’रोध प्र’दर्शन गर्छन् कि भनेर निकै सत’र्क देखिएका छन्। बौद्ध प्रहरी बृतका डीएसपी रमेशकुमार सिंहले तिब्बतीहरुको ग’तिविधिमाथि विशेष नि’गरानी राखिरहेको बताए।

‘वि’रोधमा उत्रिने जो कोहीलाई प’क्राउ गरिहाल्ने निर्देशन प्राप्त भएको छ’, उनले भने।

एकीकृत सु’रक्षा समितिका सु’रक्षाकर्मीबाहेक चिनियाँ सु’रक्षा निकायका अधिकारीहरु पनि सी भ्रमणका सु’रक्षा चुनौति अध्ययन गर्न काठमाडौंमा सक्रिय रहेको नेपाल प्रहरीका एक अधिकारीले बताए।

ती प्रहरी अधिकारीका अनुसार दर्जनौं संख्यामा अहिले काठमाडौंमा रहेका चिनियाँ खु’फिया ए’जेन्सीका अधिकारीहरु राष्ट्रपति सीलाई कुन–कुन क्षेत्रबाट कसरी सु’रक्षा चुनौति हुनसक्छ, सी भ्रमणलाई नेपाली जनताले कसरी लिएका छन्, तिब्बती श’रणार्थीले कस्तो वि’रोध प्र’र्दशन गर्न सक्छन् जस्ता विषयको विश्लेषण गर्दै सु’रक्षा रण’नीति बनाउन सक्रिय छन्।

तिब्बती शरणार्थी रहने क्षेत्रहरु बौद्ध, जावलाखेल, स्वयम्भु र फर्फिङबाहेक विमानस्थल, विमानस्थलबाट सोल्टी होटल जाने बाटो, राष्ट्रपति निवास महाराजगन्ज जाने बाटो र कार्यक्रम हुने स्थलहरुमा चिनियाँ र नेपाली सु’रक्षा अधिकारीहरु विशेष सु’रक्षा व्यवस्थासहित खटिएका छन्।

भारतमा रहेका तिब्बती शरणार्थीहरुले नेपाल आएर वि’रोध प्र’दर्शन गर्न सक्ने विश्लेषणसहित नेपाली सु’रक्षाकर्मीहरु भारतसँग सीमा जोडिएका काँकडभिट्टादेखि कञ्चनपुरसम्म नै प’रिचालित भएको स्रोतको भनाइ छ।

त्यस्तै उत्तरी सीमा नाकाहरूमा पनि नेपाल र चीनका सु’रक्षा अधिकारीहरुले विशेष नि’गरानी बढाएको ती प्रहरी अधिकारीले खुलाए।-चन्द्रलाल गिरी/नेपाल खबर

Related Articles

Back to top button