समाचार

शारीरिक सम्पर्क राख्न नमानेपछि (नेकपा) का नेताले दिए यी महिलालाई ध’म्की

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले गृहजिल्ला सल्यानकी एक महिलालाई राखेको यौ*नजन्य प्र*स्ताव अ*स्वीकार गरेपछि ध*म्की दिएको खुलासा भएको छ। बागचौर–८ सल्यानकी मैमाकुमारी खत्रीले शुक्रबार आफ्नो फेसबुक पेजमा न्याय पाउँ भन्दै पूर्वमन्त्री बस्नेतको क*र्तुतको खुलासा गरेकी हुन्। पूर्व माओवादीकी कार्यकर्तासमेत रहेकी ती महिलाले अभिभावक ठानेको व्यक्तिले नै आफूमाथि दु*र्व्यवहार गरेको भन्दै दुखेसो पोखेकी हुन्।

२०७४ साल भदौमा बस्नेतले ४ लाख ऋण मागेपछि ज्वाइ र एक जना व्यापारी साथीसँग सापटी लिएर दिएको उनले उल्लेख गरेकी छन्। २०७४ साल असोज ११ गते बस्नेतको घरमा पुगेर ४ लाख रुपैयाँ बुझाएको बताउँदै खत्रीले भनेकी छन्,‘अहिले सापटी पैसा माग्दा तिम्रो र मेरो कुनै आर्थिक कारोबार छैन भन्दै ध*म्की दिँदै आउनु भएको छ।’

त्यति मात्रै होइन म पूर्वमन्त्री पनि हुँ तिमीले जानेको गर म दिन्न भन्दै आफूलाई ध*म्क्याएको उनले बताएकी छन्। उहाँले कुनै कुनै बेला एक्लै काठमाडौं आऊ, कहिले नारायणगढ आऊ भन्दै एक्लै बोलाएपछि आफूले अस्वभाविक मानेको उनको भनाइ छ। उनले भनेकी छन्,‘उहाँले मलाई धेरै पटक यौ*नज*न्य क्रि*याक*लापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो, मैले असहमति जनाएँ।

तर उहाँले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने ध*म्की दिँदै आउनु भएको छ। मसँग पैसा लिनु भन्दा अगाडि कहिले तिमीलाई वार्ड सदस्य बनाउने हो भन्दै, कहिले नगरपालिकामा चुनाव लड्नु पर्छ भन्दै आशा देखाउनु भयो। पैसा लिएपछि मसँग घुमाउरो तरिकाले यौ*न प्र*स्ताव समेत राख्नु भयो। जब मैले असहमति जनाएँ। तब उहाँले पैसासमेत नदिने ध*म्की दिनु भएकोले म गरिब र अन्यायमा परेकी महिलालाई न्याय दिन सबैमा अनुरोध गर्दछु।’

तर, पूर्वमन्त्री बस्नेतले महिलाले लगाएको आ*रोप झु*ठो भएको दाबी गरेका छन्। बस्नेतले भने,‘उनीसँग मेरो कुनै आर्थिक लेनदेन भएको छैन। न त मैले यौ*न प्र*स्ताव राखेको छु। यी सबै आ*रोप निराधार छन्।’ उनले केही नेता र कार्यकर्ताले ती महिलालाई उचालेर आफ्नो च*रित्र ह*त्या गर्न खोजेको आ*रोप लगाएका छन्। ‘मेरो राजनीति सिध्याउन केही नेता र कार्यकर्ताले महिलालाई उचालेका हुन्। क–कसले उचालेका छन् ती मान्छेलाई मैले चिनेको छु।’

Related Articles

Back to top button