समाचार

पक्राउ पर्ने बेला पनि महराले निहुँ खोजे,

काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा प क्राउ परेका छन् । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट प क्राउ पुर्जी लिएपछि महरालाई प्रहरीले प क्राउ गरेको हो । असोज १३ गते सोमबार महराले आफुलाई ब ल त्का रको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिइन्। ब ला त्का र आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

प्रहरी टोलीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको हो । राजीनामा दिए पनि महराले सरकारी निवास छाडेका थिएनन् ।

तर पक्राउ पर्नेबेला पनि उनले निहुँ खोजेका छन् । उनले आफ्नै गाडीमा जान्छु नत्र हुन्न भन्दै निहुँ खोजेको स्रोतको दावी छ । प्रहरीले त्यसपछि उनलाई शर्त मानेरै भएपनि पक्राउ गर्ने तयारी गरेको छ ।

Related Articles

Back to top button