समाचार

मिलन लामा माथि गोली प्र’हार

काभ्रे। काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष मिलन लामा माथि गए राती गो’ली प्र’हार भएको छ । फूटवल प्रतियोगिताको बारेमा विवाद हुँदा वडा अध्यक्ष लामाकै आफन्त अनुपबुद्ध लामाले गो’ली प्र’हार गरेका हुन् । पेस्तोल निकालेर अनुपबुद्धले वडा अध्यक्ष लामालाई ताकेपछि लामाले छल्दा भित्तामा लागेको थियो ।

इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर धर्मजंग थिङले घट्नाको पुष्टि गरेका छन् । ‘फूटबल प्रतियोगिता र क्लबको विषयमा राती अबेरसम्म छलफल गर्दै गर्दा विवाद भएको रहेछ । त्यहीं निहुँमा पेस्तोल। निकालेर अनुपबुद्ध लामाले भित्ता तिर गो’ली हानेछ ।’ इन्स्पेक्टर थिङले भने, ‘गो’ली लागेको स्थानमा खल्डो पनि छ । गोलीको खोका पनि भेटिएको छ ।

अध्यक्षलाई नै ताकेर हानेको चाहिं देखिदैन तर पनि सोंच चाहिं त्यहीं देखिन्छ ।’ गो’ली प्र’हारपछि लामा फ’रार रहेको प्रहारीले जानकारी दिएको छ ।अनुपले प्रयोग गरेको पे’स्तो’ल कुन हो गो’लीको ल्याब टेस्ट गरेर मात्र पत्ता लाग्ने थिङले बताए । अहिले नाकाहरु ब्ल’क गर्ने र उनको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

Related Articles

Back to top button