समाचार

मा’सु खाँदा एकको मृ’त्यु, तीन जनाको अवस्था गम्भी’र

पाँचथर। सँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका एक कै’दीब’न्दीको ज्या’न गएको छ भने ३ जनाको अवस्था गम्भी’र छ ।

आइतबार राति सुँगुरको मासु खाएपछि बि’रामी परेकाेले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारका क्रममा मृ’त्यु भएको हो ।

सँगुरको मासु खाएर ३ जना सि’किस्त बि’रामी भएका छन् । बिरामी हुनेहरुमा फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगु, कुम्मायक गाउँपालिकाका दिनेश खजुम र पहिलेकाे सिदिन गाविसका सुन्दर राई रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएकाे पाँचथर प्रहरीले जनाएको छ ।

दशैँको अवसरमा कारागार भित्रै सुँगुर ल्याएर का’टेको र मासु खाएका उनीहरुलाई सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा केरुङको साेमबार दिउँसो ३ बजे मृ’त्यु भएको पाँचथर प्रहरीका सूचना अधिकारी अनिलकुमार पौडेलले बताउनुभयो । केरुङ जबरजस्ती करणी मुद्धामा ३ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका कै’दीब’न्दी हुन् । घ’टनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button