समाचार

टीका थाप्न घर जादै गर्दा जिप दुर्घटना दम्पति को निधन

आज मिति २०७६ साल असौज २० गते नवमीको दिन कपिलवस्तु गोरुंसिंगे बाट सन्धिखर्क तर्फ आउँदै गरेको बलेरो जिप सन्धिखर्क नगरपालिका ६ नरपानी बजार बाट २ सय मिटर घुम्ती तर्फ दुर्घटना हुँदा ३ जनाको अकल्पनिय दु:खद निधनको खबरले जिल्लाबासी नै अत्यन्तै दुखित भएका छौं।
चाडपर्वको मुख्यैमा भएको यो घटनामा अर्घाखाँची जिल्लाको साबिक ढाकाबाङमा जन्मभै बसाई सराँईको सिलसिलामा दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ५मा बस्दै आइरहनु भएको बर्ष ५१ का घनश्याम खनाल र उहाँकै श्रीमती बर्ष ४६ कि श्यामकला खनालको निधन भएको छ।
साथै दुर्घटना भएको ६ घन्टा पछी मात्र अर्घाखाँची जिल्लाको वाङला सिउडेनी बाट कपिलवस्तु बुद्धभुमी गोरुसिंगे बसाई सराँई गरेका बर्ष २४ का दिलिप अधिकारीको निधन भएको पुष्टि भएको छ।

खनाल दम्पती २ छोरी सहित बृद्व बुबा आमाको हातबाट टीका थाप्न पुर्ख्यौली घर आउँदै हुनुहुन्थ्यो भने अधिकारी आफ्नो घरमा यसपटक टीका नभएकोले मावल अर्घाखाँची ठुलापोखरा आउँदै गर्दा घटनामा परेर निधन भएको हो।
घटनामा परेर अन्य ४ जना पनि घाइते भएका थिए।ती मध्ये ४ जनालाई बुटवल चौराह अस्पतालमा रिफर गरिएको छ भने सामान्य घाइते २ को जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भै रहेको छ।
घटनाको जानाकारी पाउना साथ नरपानी प्रहरी चौकी बाट प्रहरी ,स्थानीयबासी सहित सदरमुकाम बाट प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल लगायत सुरक्षाकर्मिको टोलि घटनास्थलमा पुगेर उद्वार गरेको थियो।
बडादशैंको मुख्यैमा भएको यो घटनाले परिबारजन ,इस्टमित्र लाई मात्र होइन कि सम्पुर्ण जिल्लाबासी लाई चाडपर्व नै खल्लो महसुस भएको अनुभुती गरिएको छ।

घटना के कति कारणले भएको बारे सत्यतथ्य निष्कर्ष निकाली आगामी दिनमा पुन घटना हुन नदिन सम्बन्धित सम्पुर्णको ध्यान जान आबश्यक छ।होइन भने घटना भएको एक दुई दिन चासो चिन्ता जाहेर गरेजस्तो गर्ने त्यसपछि बिर्सिने हो भने कैयौं निर्दोष ब्यक्ती हरुले अकालमा ज्यान गुमाउनु पर्ने बाहेक केही हुने छैन।जुन कुरा बर्षौ देखि भोग्दै आइरहेका छौ।
अन्तमा दिबंगत प्रती भावपुर्ण श्रद्धा सुमन ,घाइतेको स्वास्थ्य लाभको कामना ।

Related Articles

Back to top button