समाचार

डिसी-३ विमान दुर्घटना सवार सम्पूर्ण यात्रुको मृत्यु

एजेन्सी – अमेरिकाको अलास्का राज्यमा भएको विमान दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।उडिरहेका दुई विमान एक-आपसमा जुधेपछि कम्तिमा ५ जना यात्रुको ज्यान गएको हो। यस्तै सोहि दुर्घटना पछि एक व्यक्ति बेपत्ता समेत भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्।कुन केव इलाका नजिकै द हेविल्यान्ड डिएचसी-२ बिवर र द हेविल्यान्ड अटर डिसी-३ विमान ठोक्किएको अमेरिकन स‌ंघीय नागरिक प्रशासनले जनाएको प्रशासनका अनुसार बिवरमा ५ र अटरमा ११ जना सवार थिए। जसमध्ये बिवरमा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको हो। दुर्घटना हुँदा दुवै जहाज एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सम्पर्कमा नरहेको बताइएको छ।आकाशमै दुई विमान कसरी ठोक्किए भन्ने बारे अहिले सम्म केहि खुल्न सकेको छैन। नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले घटना बारे अनुसन्धन शुरु गरिसकेको छ।प्रकाशित : मङ्गलबार, बैशाख ३१, २०७६०९:०६नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको र सोही बस नजिकै रोकिराखेको अर्को ना ४ ख ७०२४ नम्बरको बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । बसमा आगलागी भएलगत्तै स्थानीयवासीले नेपालगञ्जस्थित बारुणयन्त्रलाई खबर गरेका थिए ।खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय,

नेपाल प्रहरी, सशस्त्र प्रहरीले १२ बजे आगो नियन्त्रणमा लिएका थिए । केही ढिलो पुगेका कारण दुवै बस पूर्णरुपमा जलेको स्थानीयवासीको भनाइ छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने नखुलेको स्थानीय वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताउनुभयो ।प्रकाशित : मङ्गलबार, बैशाख ३१, २०७६०८:४७राति ९ बजे ३ तला माथिबाट खसेकी पूजाको साढे १० बजे अस्पतालमा मृत्यु काठमाडौँ – तीन ताला माथिबाट खसेर सुनसरीमा एक किशोरीको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका–६ संगित चोकमा घरको ३ तला माथिबाट खसेर पूजा शर्माको आइतबार मृत्यु भएको हो ।शर्मा कुवेर शर्माको घरमा डेरा गरी बस्ने बाबुलाल शर्माकी १७ वर्षीय छोरी रहेको बताइएको छ। आइतबार ९ बजेको समयमा ३ तला माथिबाट खसेर घाइते भएकी थिइन्।उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर गम्भीर घाइते शर्माको राति साढे १० बजे उपचारकै क्रममा मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृतकको शव शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।प्रकाशित : मङ्गलबार, बैशाख ३१, २०७६०८:४०

Related Articles

Back to top button