समाचार

एक वा दुई छोरी मात्रै जन्माउने परिवारलाई एक लाख पुरस्कार

Loading...

काठमाडौं। जिल्लाको खाँडाचक्र नगरपालिकाले एक वा दुई छोरी मात्रै ज’न्माएर परिवार नि’योजन गर्ने द’म्पतीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घो’षणा गरेको छ । आगामी आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममै नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको नयाँ पत्रिकामा खबर छ ।

छोरीको भ्रुणमै ह’त्या गर्ने वा छोराका लागि धेरै छोरी ज’न्माउने क्रम बढेपछि नीति तथा कार्यक्रममै पुरस्कारको व्यवस्था गरिएको नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताइन् । ‘एक वा दुई छोरी मात्रै ज’न्माएर परिवार नियोजन गरे एक लाख पुरस्कार दिने व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘छो’री नै छोरासरह भएको सन्देश दिन यस्तो कार्यक्रम ल्याइएको हो ।

यसले लैं’गिक स’मानता कायम गर्दै छोरीको भ्रु’णह *’त्या रोकिनेछ ।’ छात्रवृत्ति प्रोत्साहनस्वरूप दिने यो रकमले अभिभावकलाई छोरी पढाउन सहज हुने विश्वास पनि नगरपालिकाको छ । देशका विकट क्षेत्रमा छोराको रहरमा धेरै स’न्तान ज’न्माउँदा आमाको ज्या’नसमेत जोखिममा परेका धेरै घ’टना छन् । कालिकोटमा यो दर झन् बढी रहेकाले रोक्न पहल गरिएको नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘छोरा जन्माउने आसमा धेरै महिलाको ज्या’न जोखिममा पर्ने गरेको छ । नयाँ कार्यक्रमले छोरी पनि छोरासरह हुन् भन्ने सन्देश जान्छ,’ उनले भने । नगरपालिकाले आव ०७६र७७ का लागि ४९ करोड २६ लाखको बजेट ल्याएको छ ।

५० लाख रा’जस्व उठाउने लक्ष्य राखिएको नगरप्रमुख पाण्डेले बताए । नगरपालिकाले कृषिमा प्रोत्साहन, नगदे बालीको उत्पादन वृद्धि, पर्यटकीय क्षेत्रको विकासलगायत क्षेत्रलाई बजेटमा समेटेको उनले बताए । ‘हामीले सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘नगरलाई सुखी र समृद्ध बनाउने हाम्रो प्राथमिकता हो ।’

खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्ट भन्छिन्–भ्रुणहत्या रोकिने अपेक्षा छ । एक वा दुई छोरी मात्रै ज’न्माएर परिवार नि’योजन गरे एक लाख पुरस्कार दिने व्यवस्था गरेका छौँ । छो’री नै छोरासरह भएको सन्देश दिन यस्तो कार्यक्रम ल्याइएको हो । यसले लैं’गिक समानता कायम गर्दै छोरीको भ्रु’णह’त्या रोकिने अपेक्षा छ ।

Loading...

Related Articles

Back to top button
Close
Close