समाचार

कृष्णबहादुर महरा अस्पताल भर्ना

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौ’न दु’व्र्यवहार गरेको आ’रोपमा महरा प्रहरी हि’रासतमा छन् । श्वास फेर्न गाह्रो भएपछि उनलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उच्च र’क्तचाप र मधुमेहबाट पीडित महरालाई हि’रासतमा पनि अक्सिजन दिएर राखिएको थियो । बिहीबार बिहानदेखि उनलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले ब’ला’त्का’र प्रयास गरेको आ’रोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन उनलाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले प’क्राउ गरेको थियो ।

Related Articles

Back to top button