समाचार

प्रधानमन्त्री केपी शर्मा ओली सिंगपुर जाने तयारी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्वा’स्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो ।

ओलीको स्वा’स्थ्यमा केही समस्या देखिएकोले उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली यसअघि पनि सिं’गापुर दुई साता बसेर फर्किएका थिए । १२ वर्ष मृ’गौला प्र’त्यारोपण गराएका ओलीको मृ’गौलामा पुनः स’मस्या देखिएपछि उनी सिंगापुर गएका थिए ।

यो पनि पद्नुहोस – सीको भ्रमण एजेण्डाबारे प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री छलफलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको क्रममा उठाउने एजेण्डाको विषयमा पूर्वप्रधानमन्त्री र सरोकारवालासँग छलफल चलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका छन्। चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्र’मणमा प्र’भावकारी बनाउनको लागि आ’वश्‍य ए’जेण्डामा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीबाट सुझाव माग गरेका हुन्।

छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, खिलराज रेग्मीलगायतको सहभागिता रहेको छ। विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै छलफल सुरु गरिएको हो।

Related Articles

Back to top button