अन्तर्राष्ट्रिय

चीनका राष्ट्रपति ले दिए हड्डी भाँ’चिदिने धम्की

काठमाडौं। चीनका राष्ट्रपति शी चिनफिङले चीनलाई विभाजन गर्ने कुनै पनि प्रयासलाई ध्वस्त पारिने चेतावनी आइतवार दिएका छन् ।

हङकङमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शन र चीनको शिनजियाङमा उइगुर मुसलमानमाथिको व्यवहारलाई अमेरिकाले आलोचना गरेपछि बेइजिङले राजनीतिक चुनौती खेपिरहेको छ ।

‘चीनको कुनै पनि भागमा देश टुक्य्राउन खोज्ने प्रयास गरिएमा हा’ड मा’सु दुवै टु’क्राटु’क्रा पारिनेछ,’ शीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतवारको भेटघाटमा बताएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको छ ।

‘अनि चीनलाई विभाजित गर्ने प्रयासलाई समर्थन गर्ने बाह्य शक्तिले फगत सपना मात्र देखेको भनी चिनियाँहरूले भन्नेछन्,’ उनलाई उद्धृत गर्दै प्रसारित भएको छ ।

ओलीले नेपालको भूमिमा चीनविरोधी गतिविधि हुन नदिने बताएको सीसीटीभी उल्लेख गर्छ। ताइवान चीनको अविभाज्य अंग भएको र तिब्बत पनि चीनको आन्तरिक विषय भएको ओलीले बताए।

Loading...

Related Articles

Back to top button
Close
Close