समाचार

दाजुले बहिनीलाई भगाएर प्रेम विवाह गरे

सिरहा। दाजुले बहिनीलाई भगाएर प्रेम विवाह गरेको सुन्दा जो कोहीलाई आ*श्चर्य लागन सक्छ । सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ पानबारीमा आफनै हजुर आमाको भाईको नातिनीलाई ( नाताले काकाको छोरी अर्थात बहिनी पर्ने ) लाई भगाएकोे छ ।जुन भाईलाई हातमा रक्षा बन्धन पर्वमा राखी बाधेर भाईसँग रक्षाको लागि अशिर्वाद माग्ने बहिनीलाई नै प*्रेम जालमापारी भगाएकोले चर्चाको विषय बनेको हो ।असाेज २२ गते बुधवार घरबाटै छोरी आशा कुमारी मण्डललाई संजित मण्डलले भगाएपछि आफुहरु धेरै दु*खित भएका छौ ।

आफनै हाड नातामा यस्तो सम्बन्ध समाजिक परम्परा अनुसार कसरी स्वीकारने । हाम्रो जातिमा मात्रै होईन सम्पूर्ण मिथिला संस्कारले पनि मान्दैन तर दुवै जना भागेर हामीलाई कलङकीत मात्रै बनाएन प्रतिष्ठा माथी प्रश्न चिहन खडा गरेको कुरा केटीका आमा जसो देवि मण्डलले पत्रकार सम्मेलनमा द’ुखेसो पोखिन् ।उनले थप्दै र’ुदै भनिन् – छोरीले हामीलाई नै ध’म्की दिएको आ’रोप समाजिक संजाल मार्फत लगाएकी छिन् । जब कि हामीलाई उनीहरुको सम्र्पक नम्बर र बसेको ठाउँ समेत थाहाँ नभएपछि जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा छोरीलाई खोजिदिन निवेदन दिएका छौ ।

छोरीलाई भगाएकै दिन केटाको परिवारसंग समान्य झ’गडा भएपछि समाजमा मिलापत्र पनि भईसकेको छ । तर त्यही निहुमा विभिन्न प्रकारका आ’रोप प्रति आ’रोप लगाई रहेका छन् ।समाजिक संजालको विहे फिल्मी नौट्ङकी मात्रै हो । उमेर पुगेका छन् भने अदालतमा गएर विहे गरोस् । केटाको चरित्र गाउँमै पहिले देखि बदनाम रहेको आ’रोपहरु छन् । त्यसलै अ’दालती विहेको हामी बाधक छैनौ । तर फेशबुके बिहेको बहाना गरेर केटीलाई भुमिगत राखेको छ ।

मानव अधिकारवादी र संचारकर्मीहरुलाई गाउँमै अाएर सत्य तथ्य वुझि समाचार प्रकाशन गर्न समेत आग्रह गर्दछुु ।कुनै पनि हालतमा हामी उनीहरुलाई स्वीकार गर्दैनौ । उनीहरुकै कारण गाउँमै बदनाम भए । आफनै हाड नाता हो । आमाको भाईको छोराको छोरी हुन । भागेपछि विभिन्न प्रकारको या’तना भोगे उनीहरु बिहे गरेपनि आफु घरमा बस्न नदिने केटाको वुवा लक्ष्मण मण्डलको अडान रहेको छ ।

Loading...

Related Articles

Back to top button
Close
Close