समाचार

काँग्रेसले गर्यो प्रहरी कार्यालयमा ढुङ्गमुढा

रौतहट । सङ्घीय सांसद मोहमद आफताब आलमलाई प क्राउ गरेकोप्रति नेपाली काँग्रेस रौतहटले आपत्ति जनाएको छ । सांसद आलम प क्राउको खबर मिडियामा आएसँगै काँग्रेसका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमाथि ढु ङ्गा मुढा समेत गरेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादवले आइतवार अपरान्ह गौरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सांसद आलम पक्राउ परेको घटनाप्रति सरकारको ग म्भीर ध्यानकर्षण गरे ।

जिल्ला पार्टी कार्यालयमा नेपाली काँग्रेसद्धारा चियापान कार्यक्रमको तयारी गरिरहेको अवस्थामा पूर्वमन्त्री समेत रहेका सङ्घीय सांसद आलमलाई पक्रा उ गरी कम्युनिस्ट सरकारले कार्यक्रम बिथोल्ने षड्य न्त्र गरेको सभापति यादवको भनाइ थियो ।

विपक्षीहरुलाई डुबाउने, हेर्ने नचाहने, बोल्दैमा जेलसम्म हाल्न पछि नपर्ने केपी ओली नेतृत्वको सरकार काँग्रेस कार्यकर्ताको मनोबल घटाउन सांसद आलमलाई पक्राउ गरेको यादवले आरोप लगाए ।

‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको बिना पुर्जी सरकारको दबाबमा सांसद आलमको प क्राउप्रति जिल्लाका सबै कार्यकर्ताले खेद प्रकट गर्दछ,’ उनले भने ।

Loading...

Related Articles

Back to top button
Close
Close