समाचार

बच्चा जन्माउने वित्तिकै आमाले शिशुलाई बाँसघारीमा फालीन्

३० वैशाख, काठमाडाैँ । पाेखरामा एक आमाले बच्चा जन्मने बितिकै बच्चालाई बाँसघारीमा फालेर हिँडेकी थिइन् । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकै उक्त घटना घटेकाे हाे ।बाँसघारीमा नवजात शिशु फेला परेपछि स्थानीय जम्मा भएर प्रहरीलाई खबर गरे । प्रहरीले घटना स्थलमा पुगेर सोधपुछ गरेर शिशुकाे आमा पत्ता लगायाे । बच्चा फाल्ने महिला उदयपुर घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगर रहेकाे प्रहरीले बताएकाे छ । प्रहरीले सोधपुछ गर्न थालेपछि मगरले बच्चा फालेको स्वीकार गरिन् ।बैवाहिक सम्बन्धपछि गर्भवती भएकी सीमालाई केहि समय अघि श्रीमानले छाडेपछि एक्लै पोखरामा मजदुरी गर्दै आएकी थिईन् । श्रीमानले छाडेका कारण आर्थिक अवस्था कमजोर भएर पालनपोषण गरेर हुर्काउने आँट नभएकाले आफुले बच्चा फाल्न बाध्य भएकाे मगरले प्रहरीलाई बताएकि छिन् ।बच्चालाई सेतो कपडामा बेरेर अरु कसैले देख्ने गरी आफु बस्दै आएको घर नजिकैको बाँसघारिमा लगेर छाडेकाे मगरले बताइन् ताकी अरूले बच्चा देखेर लगेर पालाेस् । प्रहरीका अनुसार हाल शिशुको फेला परेको शिशु हाल गण्डकी अस्पतालमा उपचार भईरहेको छ भने सीमा प्रहरीको नियन्त्रणमा छिन् ।दैलेख – जिल्ला सदरमुकाम नजिकैकाे गाउँकाे विवाह भोजमा युवाहरुबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको छ ।ज्यान जानेमा नारायण नगरपालिका–५ छातिकोटका ३१ वर्षीय प्रेमबहादुर थापा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक

प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।गाउँकै ऐमान थापाको छोराको विवाह पार्टीमा गएकाे राति अत्याधिक मदिरा सेवन गरी एक आपसमा हानाहान हुँदा घटना स्थलमै प्रेमबहादुरको ज्यान गएको बताइएको छ ।सुरुमा त अभिभावकहरुले सम्झाईबुझाई गरेका थिए । पछि फरि विवादले उग्र रुप लिएपछि कुटपिट हुँदा उनको ज्यान गएको स्थानीयले बताएका छन् घटनापछि फरार भएका आरोपित नारायण नगरपालिका–५ छातिकोट गाउँकै २१ वर्षीय दानबहादुर थापा र १९ वर्षका पहलबहादुर थापालाई प्रहरीले जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।आरोपितहरु पक्राउ परिसकेकोले अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।अन्तिम अपडेट: बैशाख ३१, २०७६काठमाडौँ, ३१ बैशाख । आफूसँग अष्टे«लियाको पीआर रहेको भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । साथै, उनको अपराधमा सघाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपरधा महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको बुर्ज गाउँपालिका–६ घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्ने २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीको कमलामाई नगरपालिका–२ का स्थायी ठेगाना भई काठमाडौँको बाँसबारीमा एसियन इन्टरनेशनल कन्सल्टेन्सी चलाउने गणेश भन्ने अरविन स्याङ्बो रहेका छन् ।

अधिकारीलाई सोमबार बानेश्वरबाट र स्याङ्बोलाई मंगलबार बाँसबारीबाट पक्राउ गरिएको महानगरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।अधिकारीले अष्ट्रेलियाको पीआर रहेको भन्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीका अमित श्रेष्ठलाई ठगेकी थिइन् । श्रेष्ठलाई अधिकारीसँग कन्सल्टेन्सीका डाइरेक्टर स्याङ्बोले भेटाएका थिए ।अधिकारीले रुेष्ठलाई आफूसँग विवाह गरेर अष्ट्रेलिया लैजाने बताएर विहे समेत गरेकी थिइन् । विहेको फोटो र भिडियो समेत तयार पारेर उनले श्रेष्ठबाट ४ लाख ५० हजार रकम लिएर सम्पर्कविहिन भएकी थिइन् । आफू ठगिएको शंका लागेर श्रेष्ठले महाशाखामा उजुरी गरेका थिए ।पक्राउपछि अधिकारीले यसरी नै अन्य व्यक्तिसँग पनि रकम ठगेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । अधिकारीले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ दाहाल गाउँ बस्ने सागर धमलालाई पनि ठगी गरिसकेकी छन् ।धमलासँग पनि आफू अष्ट्रेलियाको पिआर होल्डर भएको बताउँदै अस्ट्रेलिया लैजाने आश्वासन दिएर उनले १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।अन्य एक जना युवकसँग पनि यसैगरी विवाह गरेर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले अहिलेसम्म ३ वटा युवकसँग विवाह गरेर ठगी गरेको भेटिएको एसएसपी थापाले जानकारी दिए ।पक्राउ परेका स्याङ्बोले विभिन्न कागजात बनाइदिने र डकुमेन्टेशनको काम मिलाइदिने भन्दै आफ्नो कन्सल्टेन्सीमा आएका युवकहरुलाई ती युवतीसँग भेटाउने काम गरेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button