भिडियो

चिनियाँ राष्ट्रपति सीले ‘तिमिहरु अराजक र स्वार्थी छौ’ भनेझैँ भान भयो : प्रचण्ड

चितवन। नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई भेटेर भने, ‘शासन सञ्चालन गर्न कम्युनिस्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ । यो हाम्रो अनुभव हो ।’

सीले अझैं प्रष्ट्याउँदै भनेका थिए– पार्टीमा छलफल गरेर निर्णय भएपछि नौ करोड पार्टी सदस्यले कार्यान्वयन गर्ने वातावरण बनाएका छौं । अनि, सिंगै पार्टी जनताको सेवामा खटिएको छ । यदि प्रत्येक पार्टी सदस्य जनताको सेवामा खट्ने वातावरण बनाउन नसकेको भए एक अर्ब ६० करोड जनतालाई खुसी, सन्तुष्ट बनाएर राख्न सम्भव थियो त ?

बिहीबार चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भएको कुुराकानी सुनाएका हुन् । राष्ट्रपति सीले यसो भनिरहँदा आफूलाई ‘नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं’ भने झै लागेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

चिनियाँ नेताहरुले आफ्नो उदाहरण भन्दै गर्दा आफूलाई चाहिँ आलोचना गरेको जस्तो महसुस भएको भन्दै प्रचण्डले भने, ‘मैले त्यहाँ केही भनिनँ, भन्नु कुरा पनि भएन । तर हाम्रो त ८/९ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ । ३ करोड जनतालाई पनि खुसी पार्न सकेका छैनौं । उहाँ (राष्ट्रपति सी)ले हामीलाई तिमीहरु अराजक छौं भनेको हो कि भन्ने भान भयो ।

Related Articles

Back to top button