समाचार

कृष्णबहादुर महराले प्रहरीलाई दिएको बयान

काठमाडौं । प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको कोठामा गएको स्वीकार गरेका छन् । यस अघि भने रोशनीको कोठामा नगएको दाबी गर्दै आएका महराले अहिले भने कोठामा गएको दाबी गरेका छन् ।

गत असोज १९ गते पक्राउ परेका महराले घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीलाई भने शाहीको कोठामा गएको स्वीकार गरेका छन् ।। प्रहरीलाई दिएको बयानमा महराले आफू शाहीको कोठामा गएको भए पनि अप्रिय कुनै घटना नभएको दाबी गरेको बताइएको छ ।

Related Articles

Back to top button