समाचार

अरुलाई बचाउने डाक्टर शाह ३४ बर्षमै आफै बिदा भए

काठमाडौं, १ कात्तिक। सेती अस्पतालमा कार्यरत डाक्टर प्रणयजंग शाहको निधन भएको छ। बाल रोग बिशेषज्ञ डाक्टर शाहको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो। विदामा चितवन गएको समयमा एक्कासी बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। थप उपचारका लागि मेडिसिटी अस्पताल काठामडौंमा भर्ना गरिएको थियो। सोही अस्पतामा उपचारका क्रममा उनको निधन भएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए।

उनले हृदयघात भएको हो वा अन्य कुनै कारणले बहोस भन्ने विषयमा एकिन जानकारी प्राप्त नभएको बताए। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ५ वर्ष अगाडी मृगौलाको समस्या देखिएपछि केही समय उनले डायलासिससमेत गराएका थिए। तर सञ्चो भएको भन्दै उनले डायलासिस गराउन छोडेका थिए। चितवनमा एक्कासी बेहोस भएपछि मुटु र मृगौलामा समस्या देखिएको थियो। ३४ वर्षीय डाक्टर शाह दुई वर्षदेखि सेती अस्पतारमा कार्यरत थिए।

Related Articles

Back to top button