समाचार

आन्दोलन का लागि सबैंलाई अपिल

काठमाडौं राष्ट्रिय जनता पार्टी (राजपा) भित्र नेताहरुमा डर देखिएको छ । राजपा नेताहरुले आन्दोलनका लागि सबैंलाई एकजुट हुन अपिल गरेका छन् । कमजोर भएर गएमा अहिलेको सरकारले सबैंलाई जेल हाल्ने डर उनीहरुले देखाएका हुन् ।जिल्ला अदालत कैलालीले टीकापुर ह त्याका ण्डमा राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको सजाय सुनाए लगतै राजपाले अदालतको फैसला नमान्ने बताउँदैं आएको छ । अदालतको फैसला आएको भोलिपल्ट आज सप्तरीको मलेठमा मारिएका पाँच जनाको दोश्रो पुण्यतिथिको अवसरमा आयोजित श्रदाञ्जली सभामा राजपा शीर्ष नेताहरुको सहभागिता रहेको
थियो ।कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत संघीय फोरमका लगायतका नेताहरु उपस्थित रहेका थिए । श्रद्धाञ्जली सभामा राजपा

नेपालका अध्यक्ष मण्डली संयोजक महेन्द्र राय यादवले मधेसमा ‘जय मधेस’ मात्र भनेर राष्ट्रिय मुद्दाको सम्बोधन नहुने बताउँनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समुनापातिक समावेशी मधेश आन्दोलनको उपलब्धी भएपनि वर्तमान सरकार यसको पक्षमा नरहेको उहाँले गम्भिर आरोप लगाउँनु भएको छ ।राजपा नेता राजेन्द्र महतोले सरकारलाई खसवादी र नश्लवादी भएको टिप्पणी गर्नुभएको छ । मधेसी, थारु, जनजातिहरु सबै मिलेर एउटै मोर्चा बनाएर अगाडि बढ्न सके सरकार नरम हुने उहाँको टिप्पणी रहेको छ । नेता महोतोले पहिचानवादीहरु छुट्टाछुट्टै नभई एकजुट हुनुपर्ने अहिलेको आवश्यक्ता भएको भन्दै यसो नगरिए सरकारले विभिन्न बहानामा सबैलाई थुन्ने दाबी गर्नुभयो ।

Related Articles

Back to top button