समाचार

बाबुको काज कृर्या छोरीहरुले नै गरे …

नेत्र बिक्रम बिमली – बिर्तामोड ,झापा । हल्दिवारी गाउँ पालिका स्थित बाहुनढोकामा बाबुको काज कृर्या छोरीहरुले गरेका छ्न । बाबुआमाको मृत्यु पस्चात छोराहरूले मात्र काज कृया गर्नु पर्ने भएपनी हल्दिवारी गाउँ पालिका ५ बस्ने ४९ बर्षिय कृस्ण प्रसाद सुहाङ्गको फुलपातिको दिन असामान्य निधन भएपछि मृतक सुहाङ्गका तिन छोरिहरु र श्रीमतीले लिम्बु परमपरा अनुसार काम गरेको स्थानीय लिम्बु फेदाङ्ग्वा भिम माबो बताउछ्न । स्वर्गीय पिताको काजकिरिया छोरीहरु सलिना ,सृष्टि ,नुमाले गरिरहेका छ्न भने कान्छी छोरी लक्ष्मी ३ बर्ष मात्र भएको हुनाले दिदिहरु र आमा सगै रहेकी छ्न l

मृतक सुहाङ्गकि धर्मपत्नी कृस्णमाया सुहाङ्गको सल्लाह अनुसार नावालक तिन छोरीले बाबुको काजकिरिया गरेर आमाबुबा को काजकिरिया छोराहरुले मात्र गर्नु पर्छ भन्ने अन्धविश्वास लाई तोडदै एउटा उदाहरणिय काम गरेका छ्न । मृतक सुहाङ्गको फुलपातीको दिन निधन भएपनी उनकी धर्मपत्नी युरोप रहेकोले २३ गते कन्काई माईमा अन्तेस्टी गरि निजको निजि निवास हल्दिवारीमा हाल काजकिरिया गरिरहेको पारीवारिक श्रोताले जानकारी दिएको छ ।

Related Articles

Back to top button