मनोरंजनसमाचार

मिस्टर बिनका छोरा गोर्खा सैनिकमा भर्ना

काठमाडौं । चर्चित विश्व हास्यव्यंग्य कलाकार मिस्टर बिनका छोरा गोर्खा रेजिमेन्टमा भर्ना भएका छन् ।

केहि समयअघि नेपाल भ्रमण गरेका बेन्जामिन एट्किनसन वेलायती सेनाको गोर्खा रेजिमेन्टमा आवद्ध भएको बेलायती पत्रिका द सनले जनाएको छ ।

गोर्खा रेजिमेन्टमा आवद्ध हुनुअघि उनले नेपालमा ३ महिना बिताएका थिए । २६ वर्षका बेन्जामिन बेलायती सेनाका लेफ्टिनेन्ट हुन्। गोर्खा रेजिमेन्टका प्लाटुन कमाण्डर बनेका उनले अब नेपाली भाषा सिक्नुपर्ने छ ।

१० हप्ताको कोर्स गरेका उनले धेरै कुरा सिकिसकेका छन् । बिनका छोरा बेन्जामिनसहित ३० जनाको टोलीले गतवर्ष नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा विशेष तालिम लिएका थिए ।

Related Articles

Back to top button