समाचार

भर्खरै। धादिङ बाट आयो यस्तो ।दुखद खबर ।

धादिङ : उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा-१ को सोमदाङमा अष्ट्रियन नागरिकको मृत्यु भएको छ। वीङगर वीलियम नाम गरेका अष्ट्रियाका ६७ वर्षीय ३२ सय मिटर उचाइमा रहेको धादिङ र रसुवाको सीमा नाका सोमदाङमा मृत्यु भएको हो। उननको पासपोर्ट नम्बर पी ६१६८१८५ रहेको छ।शनिबार साँझ सोमदाङमा खाजासहित पेय पदार्थ समेत खाएका उनी एक्कासी ढलेको स्थानीयलाई उद्धृत गर्दे घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए।‘उनी एकजना साथीसँगै गोरखाको पर्यटकीय क्षेत्रको पदयात्राका लागि हिँडेका रहेछन्’, उनले भने, ‘शनिबार एक्कासी ढलेपछि केहीवेरमा उनको मृत्यु भएको रहेछ।’

घटना भएको जानकारी पाएपछि शनिबार नै सेर्तुङबाट प्रहरी घटनास्थलतर्फ गएको थियो। आइतबार दिउँसो हेलिकप्टर लिएर प्रहरी प्रमुख बैदवारसहितको टोली घटनास्थलमा पुगेको हो। घटनास्थलको प्रकृति हेर्दा अत्याधिक चिसोका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।शव हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा पठायउको प्रहरीले बताएको छ। धादिङ र गोर्खाको पर्यटकीय क्षेत्रको भम्रणका लागि आएका उनी काठमाडौँबाट नुवाकोट, रसुवा हुँदै सोमदाङ पुगेका हुन्। उनीहरु ट्रेकिङका लागि काठमाडौँस्थित हाई कन्ट्री ट्रेकिङ प्रालिमार्फत् गएका थिए। घटनास्थल प्रहरी चौकी सेर्तुङबाट १० घण्टा पैदल दुरीमा छ।

Related Articles

Back to top button