समाचार

आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु

आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु झापा – आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे यो घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको ज्यान गएको थियो ।अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले ज्यान गुमाइसकेको अवस्थामा श्रेष्ठलाई फेला पार्नुभएको थियो । उहाँले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर

गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयबासिन्दा पुगेका थिए ।मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ अछाम – मंगलसेन नगरपालिकाको गाडीमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।नगरपालिका परिषरदमै राखिएको प्रमुख चढ्ने गाडी एक वर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको थियो ।आगजनी गर्नेहरुको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ । मंगलसेन बजारका स्थानीयबासीन्दाले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।।

Related Articles

Back to top button