अन्तर्राष्ट्रिय

दाइ भेट्न गएकी २२ वर्षीया नेपाली युवतीको दिल्लीमा सामूहिक बलात्कार

काठमाडौं– दिल्लीमा एक जना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीको दिल्ली द्वाराकामा सामूहिक बलात्कार भएको हो । उनलाइ चार जनाले बलात्कार गरेका थिए ।भारतीय प्रहरीका अनुसार पीडित युवती मुम्बईमा आफ्नो दाइ भेट्न जाने क्रममा थिइन् । उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन् । तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन् ।रेलको प्लेटफर्ममा बसिरहेका बेला उनी सामु चार जना युवा आए र यहाँ सुरक्षित छैन्, उता जाउँ भनि लगेर बलात्प्रकार गरेकाे प्रहरीलाई उदृत गर्दै मुम्बइ मिररले जनाएको छ ।आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ ।दाइलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीका उजुरी परेको थियो, घटना आइतबारको हो ।विद्यार्थी कुट्ने नयाँबानेश्वरको स्कुलकी शिक्षिकाको जागिर चट् ! काठमाडौं। राजधानीको एक स्कुलकी शिक्षिकालाई विद्यालयले जागिरबाट निकालिदिएको छ । ती शिक्षिकाले विद्यार्थी कुटेको थाहा पाएपछि अभिभावकले उनीमाथि कारवाहीको माग गरेका थिए ।

विद्यालयले सोमबार शिक्षिकालाई जागिरबाट निकालिदिएको हो । राजधानीको नयाँबानेश्वर शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलकी शिक्षिका एलिशा राईले करिब १० दिनअघि ६ कक्षाका विद्यार्थी नवोम श्रेष्ठलाई कुटपिट गरेकी थिइन् । तर, शिक्षिकाले डर देखाएकोले उनले यसबारे कसैलाई भनेका थिएनन् । पछि अभिभावकले उनको शरीरमा नीलडाम देखेपछि यसबारे सोध्दा शिक्षिकाले कुटपिट गरेको खुलेको थियो । त्यसपछि अभिभावकले यसबारे सकुल प्रशासनलाई जानकारी गराएका थिए । अभिभावकले स्कुलमा यसबारे गत बिहीबार जानकारी गराएको प्रिन्सिपल राजु राईले बताए । अभिभावकले जानकारी गराएपछि शिक्षिका एलिशा राइसँग यसबारे सोधपुछ गर्दा उनले कुटपिट गरेको स्वीकार गरेकी थिइन् । ‘उहाँले कुटपिट गरेको पुष्टि भएपछि हामीले उहाँमाथि कारवाही गरेका हौं’ प्रिन्सिपल राजु राईले डिसीनेपालसँग भने ‘बालबालिकालाई आफ्नै अभिभावकले त कुट्न पाइँदैन भने हामीले कसरी पाउनू ।’ प्रिन्सिपल राइले शिक्षिकाले स्कुलकै इज्जत जाने काम गरेको बताए ।आफ्नै घरमा पालेको गोरुले हानेर मृत्यु झापा – आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय
विष्णुप्रसाद श्रेष्ठको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे यो

घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको
थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको ज्यान गएको थियो ।अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले ज्यान गुमाइसकेको अवस्थामा श्रेष्ठलाई फेला पार्नुभएको थियो । उहाँले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयबासिन्दा पुगेका थिए ।मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ अछाम – मंगलसेन नगरपालिकाको गाडीमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राति २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।नगरपालिका परिषरदमै राखिएको प्रमुख चढ्ने गाडी एक वर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको थियो ।आगजनी गर्नेहरुको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ । मंगलसेन बजारका स्थानीयबासीन्दाले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।।

Related Articles

Back to top button