समाचार

डोजरले महिला माथि आ’क्रमण गर्ने चालक सहित ४ जना प’क्राउ, आठ घा’इते

बैतडी, ५ कात्तिक । सडक निर्माणका विषयमा बैतडीमा वि’वाद हुँदा सडक खनिरहेको डोजरबाट आ’क्रमण हुँदा आठ जना घा’इते भएका छन् । घा’इतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको छ। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा वि’वाद भएपछि डोजर चालकले डोजर मार्फत आ’क्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेश प्रसाद जोशी ग’म्भीर घा’इते भएका हुन् ।घा’इतेमध्ये गौरा अचेत छिन। गौरालाई चालकले डोजरको बकेटले आ’क्रमण गरेको भिडियोमा देखिन्छ ।

ग’म्भीर घा’इते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्या लयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए । प्रहरीका अनुसार घ’टनामा अन्य ८ जना घा’इते भएका छन् ।स्थानीय वासी सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घा’इते भएका छन् । सुण्नाखान देखि पार्स सम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो ।

सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच वि’वाद हुँदा झ’डप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले ज’बर्ज’स्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए ।सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले ज’बर्जस्ती गरेको उहाँले बताउनु भयो। सुण्न्नाखान देखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिला देखि वि’वाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झ’डपको स्थिति आएको स्थानीय दुर्गा दत्त जोशीले जानकारी दिए ।

उनले भने “आफूहरुको जमीनमा ज’बर्ज’स्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फा’लेपछि झ’डपको स्थिति आएको हो ।”तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढुङ्गामुढा गरेपछि झ’डपको स्थिति आएको बताएको छ। आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढु’ङ्गामुढा गर्दा झ’डप भएको सडक निर्माण समितिका अध्यक्ष केशव दत्त जोशीले जानकारी दिए । पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

स्थानीय वासीको ढु’ङ्गामुढाले डोजरको सीसा फु’टेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइ रहेको सडकका विषयमा दुवै पक्षबीच पहिला देखि वि’वाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झ’डप भएको दशरथ चन्द नगर पालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । सडक निर्माणका विषयमा भएको वि’वादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।डोजर चालकसहित चार प’क्राउ : सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हु’त्याउने डोजर चालक प’क्राउ परेका छन् ।

डोजर चालकले महिला लाई डो’जरले हु’त्याएको भिडियो सार्वजनिक भए पछि दशरथ चन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरा लाई नि’यन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए।बो हरा माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि प’क्राउ गरी अनुसन्धान थालिएको छ । झ’डप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि प’क्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन । रासस

Related Articles

Back to top button