समाचार

बिहेको तयारीमा रहेकी निशा मृत अवस्थामा फेला

बुटवल । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा न.१ साँडीको भुझौली भन्ने गाउँमा आज विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशा नाम गरेकी किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।मृतक निशा खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् । सोमबार राति खाना खाए पछि निशा घरविहान भएकी थिइन् । रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएको कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिनुभयो । उहाँले घटनाको अनुसन्धान अघि बढीसकेको बताउदैँ पोष्टमार्ट पछि घटनाको कारण स्पष्ट हुने जानकारी दिनुभयो । “पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ, चाडै नै घटनाको बास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौ” एसपि प्रहरी थापाले भन्नुभयो ।मृतक निशाका वुवा महोम्मद हिसाहारका अनुसार “

सोमबार राती खाना खाएपछि छोरी सुत्न गएको र राती आमाले उनको हेर्दा विस्तारामा नभएपछि खोजिकार्यमा जुटिएको बताउनु भयो । मंगलबार पनि दिनभर खोजिकार्यमा लाग्दा पनि भेटिएन हिसाहारले भन्नुभयो, आज मृत अवस्थामा फेला पर्यो। छोरीको विहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो मृतकका बुबा महोम्मदले भन्नुभयो ।सामुहिक रुपमा हत्या गरेर फालिएको हुन सक्ने स्थानीयहरुले आसंका रहेको छ । घटनाको बास्ताविकता पत्ता लगाई छिटै नै दोषीलाई कडा भन्दा कडा कार्वाही प्रक्रिया अघि बढाउन स्थानीयले प्रहरीलाई अपिल गरेका छन् ।मृतक निशालाई पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौँ पठाइएको छ । भने घटना स्थलबाट प्रहरीले शंकाको आधारमा एक युवकलाई नियन्त्रणमा लिएको छ । स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो ।

Related Articles

Back to top button