समाचार

पशुपति आर्यघाटमा पनि आन्दोलन, शवदाह बन्द गर्ने घोषणा

काठमाडौं, ६ कात्तिक । पशुपति आर्यघाटमा शव जलाउनेगायतका काम गर्ने कामदारहरुले बन्द गर्ने घोषणा गरेका छन् । सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन थालेका हुन् ।शव दाह गर्ने, दाउरा बोक्ने र खाडल खन्‍ने काम गर्ने कामदारहरूले बुधबार बिहान ६ बजेदेखि आफ्नो माग पूरा नभएसम्म आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरुले बुधबार बिहान बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका

छन् कामदारहरू आन्दोलित भएपछि शव जल्नै छाडेका छन् । कामदारहरु शव जलाउन छाडेर आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको छ।शव जलाउनेहरुले आन्दोलन थालेपछि पशुपति आर्यघाटमा असहज परिस्थिति देखिएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल अनुसार असन्तुष्ट पक्षसँग वार्ता भइरहेको छ।तत्कालै सहमति जुटाएर कामदारहरु शव जलाउने काममा फर्किने ढकाल बताउनुभयाे ।

Related Articles

Back to top button