समाचार

काठमाडौं को मुल सडकमै चार तले घर भत्कियो,

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको आशंका गरिएको छ । । बुधबार दिउँसो भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको आशंका छ । भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस : बैतडी डोजर काण्डः चालक किशोर बोहराविरुद्ध मुद्दा दर्ता

बैतडी । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्या*न मा*र्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्या*न मा*र्ने उद्योगमा मु*द्दा दर्ता गरिएको हो ।

महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नि*यन्त्र*णमा लिएका चालक बोहराविरुद्ध ज्या*न मा*र्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । “मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ”, उनले भने, “जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ ।” वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो । झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हु*त्याएको थियो । डोजरले हुत्याउँदा गौरी गम्भी*र घाइते भएकि छिन् । उनको कोहलपुरमा उपचार भइरहेको छ ।

यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो । ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए । विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो । तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

Related Articles

Back to top button