समाचार

पैसाले गयो मनोजको ज्यान

कार्तिक ०६, काठमाडौँ /
जनकपुरमा बुधबार एक व्यवसायी माथि गो ली प्रहार भएको छ। जनकपुरधाम वडा नम्बर १४ विद्युत प्राधिकरण नजिकै मनोज शाह माथि बुधबार बिहानै गो ली प्रहार भएको होपैसा माग्न स्थानीय पंकज चौधरीको घरमा गएका बेला शाह माथि आक्र मण भएको बताइएको छ। गोली लागेपछि शाहको घटनास्थलमै ज्यान गएको थियोपंकज र मनोज बीच धेरै पहिला देखि लेन-देन चल्दै आएको र लेन-देनकै विषयमा विवाद हुँदा अप्रिय घटना घटेको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन्। वडा नम्बर १४ भुजेलीमा रहेको पंकजको घरमै गो ली हानिएको र शाहको त्यहीं ज्यान गएको प्रत्यक्षदर्शी अमित कुमार शाहले प्रहरीलाई बताएका छन्।घटनामा संलग्न पंकजलाई बुधबार बिहाननै पक्राउ गरिसकेको छ। पंकजको साथबाट कटुवा पेस्तोल तथा गोली बरामद गरिएको जनकपुरधाम प्रहरीले जनाएको छशाहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको छ भने घटना बारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ।धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आषर्ण गर्ने, स्थानिय भाई वहिनीहरुका लागि केही रोजगारीको अवसर र्सिजना र वसाई सराईको क्रम लाई समेत न्यूनिकरण गर्ने लक्षका साथ ट्री हाउस सञ्चालनमा ल्याईएको हो ।हेम र प्रेमले आफ्नै जग्गामा करिव ३ लाख वढी आर्थिक लागतमा यो ट्रि हाउस निर्माण गरेका हुन् । ४२ महिना विदेशमा काम गरेर केही वर्ष अघि मात्र घर फर्किनुभएका ३१ वर्षका हेम र गाउँ मै सामुदायीक स्वास्थ्य ईकाईमा काम

गरिरहनुभएका २६ वर्षका प्रेमले निर्माण गरेको ट्री हाउस यही दशैको नवामीको दिन उद्घाटन गरिएको हो यो हाउस उद्घाटन गरेदेखी यता त्यहा
मानिसहरुको आवतजावतको क्रम पनि राम्रै भईरहेको प्रेम लिम्वुले वताउनुभयो । आफ्नै ठाउँमा केही राम्रा र व्यवसायीक काम गरौ भन्ने चाहना भए पनि घरको न्यून आर्थिक स्थितीको कारण २०५९/६० साल तिर वैदेशिक रोजगारीका लागि कतार जानुभएका हेमको आफ्नो ठाउँमा केही गर्ने चाहना पुरानै हो । हेम विदेशवाट फर्केर आईसकेपछि परिवारका सदस्यले अरु जस्तै सुविधा युक्त ठाउँमा वसाई सरेर जाने करकाप भने नगरेको होईन ।तर परिवारको त्यो कुरालाई वेवास्ता गर्दै आफ्नो सोच पूरा गर्न तर्फ हेम लाग्नुभयो । हेमको जस्तै ईच्छा अहिले सामुदायीक स्वास्थ्य ईकाईमा काम गरिरहनुभएका प्रेम को पनि थियो । र छिमेकी दाईभाई दुई जनाले मिलेर सञ्चालन गरेको ट्री हाउस वरको रुखमा निर्माण गरिएको छ ।अहिले उनीहरुले ट्री हाउस पूरा निर्माण पनि गरिसकेका छैनन् । अझ यसलाई सुन्दर र व्यवस्थित वनाउदै त्यही क्षेत्रमा अरु काम पनि गर्ने योजना रहेको उनीहरुले वताएकाछन् । जसलेगर्दा त्यहाँका स्थानियलाई केही सिकाई भएर वसाई सराईको क्रम न्यून हुँदै जाने,पर्यटक आगमन वृद्धी हुने अपेक्षा र केही स्थानिय व्यक्तिलाई रोजगारी पनि दिलाउने उनिहरुको लक्ष छ ।

Related Articles

Back to top button