समाचार

दु:खद खबर ! काठमाडौंमा बस दुर्घटना

काठमाडौं । काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।रोल्पा– रोल्पामा माटोको ढिस्कोले पुरीएर एक किशोरीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। घर लिप्ने माटो खन्न रोल्पा

नगरपालिका–३ खुमेल कमेरीधारा गएका सुनिलस्मृति गाउँपालिका ५ काभ्राकि १८ बर्षीया पबित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उक्त घटनामा परि सुनिलस्मृति गाउँपालिका ५ काभ्राकै १६ बर्षिया सिता घर्ती र २२ बर्षिया भाबना रोका गम्भिर घाइते भएका छन्।घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि बुटवल रिफर गरिएको रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुङले बताए। दिउँसो १ बजेतिर कमेरो खन्न गएका उनीहरुलाई माथिबाट झरेको माटोको ढिस्कोले पुरेको थियो। माटोले बनेका घरहरु पोत्नका लागि चाडबाडका समयमा माटो खन्न जाने चलन रहेको छ। एकै गाउँका एक जनाको मृत्यु र दुई जना घाईते भए पछि यतिखेर काभ्रा गाउँ शोकमा डुबेको छ।

Related Articles

Back to top button