समाचार

कास्की २ मा नेकपाबाट रवीन्द्रकी श्रीमती विद्या उम्मेदवार

काठमाडौँ /
सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि कास्की २ मा विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी भट्टराईलाई उम्मेदवारका लागि सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा आउँदो मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

तेह्रथुमकाे आठराई चुहानडाँडामा एयरपाेर्टको सम्भाव्यता अध्ययनका लागि स्थलगत भ्रमण गरी फर्किएका अधिकारीको हेलिकोप्टर दुर्घटना ज्यान गएपछि प्रतिनिधिसभा सदस्यको पद रिक्त छ ।आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिकाको प्रमुख एक, गाउँपालिकाको अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ ।

Related Articles

Back to top button