समाचार

इन्स्पेक्टरले औंलो तेर्स्याएर ‘साले अ’पराधि’ भनेपछि…..

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका पुर्व मन्त्री अफताव आलम अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनी १२ वर्ष पहिले भएको घटनामा अहिले पक्राउ परेका हुन् । अत्तरको बास्ना ढोकासम्मै मगमगाइरहेको थियो । डीएसपी नवीन कार्कीले बाहिरैबाट एकजना सहयोगीलाई सोधे, ‘मान्यज्यू, होइसिन्छ ?’ उनले जवाफ दिए, ‘मन्त्रीजी त लुगा लगइरहनु भएछ !’

‘मान्यज्यू’चाहिँ भित्रैबाट कराउन थाले, ‘ए, तिमीहरू मलाई नसोधी किन आएको ?’ यसपछि इन्स्पेक्टर पप्पु नायक रन्किए, ‘साले, अपराधीलाई सोधेर आउनुपर्ने..?’ ‘मान्यज्यू’ पड्किन थाले, ‘अरे, को अपराधी छ रे यहाँ ?’ सांसद अफताव आलमलाई गौरस्थित उनकै घरबाट गिरफ्तार गर्दाको दृश्य हो यो।

ढोकादेखि नै सुरु भएको भनाभन क्रमशः चर्किंदै गयो। डीएसपीले भने, ‘हजुरलाई लिन आएको, जिप्रका जाऔं।’ उनले ‘किन जाने म ?’ भन्दै अस्वीकार गरे। डीएसपीले पक्राउ पुर्जी देखाएर भने, ‘हाम्रो गाडीमा चढौं !’ अफतावले मानेनन्। ‘गु’ण्डागर्दी गर्ने! सर्वोच्व अदालतले मुद्दा नचलाउन भनेको छ। त्यहीमा पुर्जी ल्याएर आउने ?’ यसो भन्दै उनी कसैलाई फोन डायल गरिरहेका थिए। इन्स्पेक्टर पप्पुले मोबाइल खोसेर हत्कडी निकाले।

यतिन्जेलमा धेरै मान्छे भेला भइसकेका थिए। डीएसपीले भने, ‘पहिला जिप्रका जाऔं, अनि उतै कुरा गरौंला।’ आफतावले ‘एसपीलाई यहाँ पठाउनुस्। म मन्त्री भएको मान्छे किन पुलिसको थानामा जाने’ भन्दै गलफत्ती गर्न थाले। प्रहरीको गाडीमा पनि चढ्न मानेनन्। इन्स्पेक्टरले वाकिटाकीबाट कन्ट्रोललाई कल गरे, थप मद्दत टोलीलाई मुभ गराइदिनु भनेर।

यसपछि पुलिसले तानेर भए पनि लैजान्छ भन्ने पर्‍यो होला, बल्ल अफताव गले। भने, ‘मेरै गाडीमा गए हुँदैन ?’ त्यसपछि उनकै गाडीमा इन्स्पेक्टरसहित पाँच जनाले बीचमा राखेर जिप्रका पुर्‍याए।

घरबाट जिप्रका पुग्दासम्म प्रहरीलाई यति धेरै मुख छाडे कि एक जना प्रहरील झापड हान्ने पोजिसनमा पुगिसकेका थिए, तर इन्स्पेक्टरले औंलो तेर्स्याएर चेतावनी दिएपछि हात झारे। यो खबर जनआस्था साप्ताहिकमा छापिएको छ।

आलम प्रकरण : प्रहरीले लियो दुई दर्जन बढीसँग बयान, दर्जन साक्षी तयार

२०६४ साल चैत्र २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरराजपुर फरदवामा भएको बि’स्फोटको मुख्य अभियुक्त मानिएका अफ्ताव आलम यतिबेला प्रहरीको नियन्त्रणमा छन् ।

१२ वर्ष पहिलेको सो घटनामा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा ह त्या गरिएको भन्दै आलममाथि अनुसन्धान जारी छ । चुनावको समयमा बम पड्काएर मतदाता तर्साउने र त्यसैका आडमा चुनाव जित्ने उनको योजना थियो ।

योजना बमोजिम आलमको समूहले उनकै काका शेख इद्रिसको घरमा ब म बनाइरहेको थियो । ब म बनाउने क्रममा दुर्घटनावश ब म पड्किएको र उक्त बि स्फोटमा परी घटनास्थलमै ३ देखि ४ जनाको निधन भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

उक्त बि स्फोटमा कम्तीमा थप १ दर्जन घाइते भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।सामान्य र जटिल गरी उक्त बि स्फोटमा करिब २० जना घाइते भएको प्रहरीको निस्कर्ष छ । बनाउँदै गर्दा बस्फोट भएपछि मृ तक तथा घाइतेलाई एउटा ट्याक्टरमा राखेर नजिकै रहेको आलमको भाञ्जाको इटाभट्टामा पुर्याइयो ।

अनि घाइतेहरुलाई पनि त्यही भट्टीमा हा लेर जि उँदै जलाइएको आरोप छ । चैत २८ गते भएको निर्वाचनमा आलम विजयी भए । आलम विजयी भएपछि प्रहरी प्रशासन तथा स्थानीय निकायलाई पनि प्रभावमा पारी अनुसन्धान नै प्रभावित गरिएको आरोप लागेको थियो ।

बि स्फोटमा २ जना नेपालीको पनि निधन भएको थियो । त्यसपछि मृ तकहरु पिन्टु भन्ने त्रिलोक सिंह र ओसी अख्तरका परिवारले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए ।

यसैबीच प्रहरीले राजपुर ब म प्रकरण सम्बन्धमा २५ जनाभन्दा बढी मानिससँग बयान लिइसकेको छ । प्रहरीले बयान दिनेको नाम गोप्य राखेको छ भने उनीहरुलाई छद्म नाम प्रयोग गरिएको छ ।

उक्त घटना देख्ने राजपुरका स्थानीय, घटनामा संलग्न केही व्यक्ति, ट्याक्टरका मालिक आदिसँग बयान लिइसकेको छ । प्रहरीलाई बयान दिनेको सङ्ख्या दुई दर्जन नाघेको र उनीहरु सबै साक्षीको रुपमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

यद्यपि, प्रहरी भने आफ्नो मुद्दा शक्तिशाली बनाएर मात्रै अदालत जाने र दोषी उम्कन नसक्ने गरी साक्षी र प्रमाण संकलनमै केन्द्रित छ । त्यसकारण पनि अब तिहारअगाडि यो मुद्दा अदालत पुग्ने र थुनछेक बहस हुने सम्भावना अत्यन्तै न्युन रहेको छ ।

Related Articles

Back to top button