समाचार

जिन्दगीभर कमाएको पैसा र छोरी दुवै गुमाएँ

एजेन्सी। बेलायतमा कन्टेनरभित्र ज्या’न गु’माएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरीसमेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीताले आफ्नो पी’डा पोखेका छन् । यो घटनामा कन्टेनरभित्र चिसोमा थुनिएर ३९ जनाले ज्या’न गु’माएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि भएको मानिएको छ । उनले आफ्ना मातापितालाई मंगलबार राती आफू म’र्दैछु भन्दै निकै हृ’दयविदारक म्यासेज पठाएकी थिइन् ।

मीकी आमा गुएन थी फोङ र पिता फाम भान थिनले आफ्नो पीडा पोखेका छन् । सिएनएनसँगको एक अन्तरवार्तामा उनका पिता फामले भने ‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गु’माएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड (४५ हजार नेपाली रुपैयाँ) कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि त’स्करहरुले मागेको ३० हजार पाउण्ड (४३ लाख ६७ हजार नेपाली रुपैयाँ) जुटाएर दिएका थिए । उनीहरुले त’स्करलाई पैसा दिएपछि मी चीन, फ्रान्स हुँदै बेलायतका लागि गएकी थिइन् ।‘त’स्करहरुले उनीहरु विमान कारबाट जानेर यो बाटो सुरक्षित भएको बताएका थिए । यदि मलाई उनीहरु यस्तो बाटो जाँदैछन् भन्ने थाहा पाएको भए म उसलाई जान दिने थिइन’ फामले भने । क्ष’त वि’क्षत भइसकेका यी मातापिता अब ब्रिटिस र भियतनामी अधिकारीहरुले आफ्नी छोरीको श’व पठाइदिने पर्खाइमा छन् । बेलायतमा रहेका भियतनामी समुदायले पनि हराइरहेका भियतनामी नागरिकको

फोटो र जानकारी संकलन गरिरहेको छ ताकि ब्रुमफिल्डको अस्पतालको मु’र्दाघरमा रहेका श’वको पहिचान गर्न सकियोस्।बेलायतमा रहने भियतनामी समुदायको वेबसाइट भियतहोमले आफूहरुले हराइरहेको भनिएका १५ देखि ४५ वर्ष उमेर समूहका २० जना भियतनामीको फोटो संकलन गरेको जनाएको छ । यदि भियतहोममा हराइरहेको भनेर रिपोर्ट गरिएका व्यक्तिले नै लरीभित्र ज्यान गु’माएको भए सबैभन्दा कम उमेरकी पी’डित अहिले चर्चा भएकी मी भन्दा कम उमेरकी हुनेछिन् । हराइरहेकी एक भियतनामी किशोरीमो उमेर १९ वर्ष छ र उनका परिवारले उनी पनि यही लरीमा भएको हुन सक्ने अनुमान गरेका छन् ।भियतहोमले संकलित फोटो पुलिसलाई दिएको छ र उनीहरुको परिवारलाई ती फोटोहरु अनलाइन पोस्ट नगर्न भनेको छ । अनुसन्धानको सुरुवातमा भने एसेक्स पुलिसले सबै मृतकहरु चिनिया नागरिक भएको भनेको थियो तर पछि उनीहरु भियतनामका पनि भएको खुलेको हो

Related Articles

Back to top button