भिडियो

बिष्णु माझीको ‘अनुसन्धान’ सार्बजनिक

बिष्णु माझीको ‘अनुसन्धान’ सार्बजनिक (भिडियो सहित)काठमाडौँ । धुन नेपालको प्रस्तुतिमा रहेको धेरैको प्रतिक्षामा रहेको गीत ‘अनुसन्धान’ सार्बजनिक भएको छ । पछिल्लो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्बजनिक भएको हो। उक्त भिडियोलाई धुन नेपालले बजार ब्यबस्थापन गरेको छ ।लाखौ लगानीमा निर्माण भएको उक्त गीतमा गायिका बिष्णु माझी र नब गायक अशोक बिकको आवाजमा रहेको छ । निकै मेहनतका साथ् निर्माण भएको उक्त गीतमा शब्द सागर रेग्मीले गरेका हुन् भने लय किशोर खत्रीले गरेका हुन् ।सबैले आशा गरेका निर्देशक डि.आर सुजनको निर्देशनमा रहेको गितमा मोडल किशोर खत्री आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल,राजु गैरे कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगाएत कलाकार हरुको दमदार अभिनय देख्न सकिन्छ ।गीतलाई धुन नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्तगीत लाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

Related Articles

Back to top button