भिडियो

अपराधी पछ्याउन प्रहरीका साढे २ देखि ७ लाख सम्मका कुकुर

अपराधी पछ्याउन प्रहरीका साढे २ देखि ७ लाख सम्मका कुकुर (भिडिओ)

नेपाल प्रहरीले अपराधीलाई पछ्याउन कुकुर प्रयोग गर्दै आएको छ । हाल नेपाल प्रहरीका देशभरमा ८५ कुकुर अपराध अनुसन्धानमा खटिने गरेका छन्।काठमाडौंको कुकुर तालिम स्कुलमा मात्र ४५ कुकुर छन् । केन्द्रीय प्रहरी तालिम केन्द्रका डिएसपी रामचन्द्र सत्यालका अनुसार प्रहरीसँग ९६ घण्टा अघिको घटनामा सुँघेर अनुसन्धान गर्न सक्ने कुकुर पनि छ ।ब्लडहाउन्ड प्रजातीको यो कुकुर गन्ध पहिचानको विशिष्ट क्षमता छ । जसको नाकमा ३० लाखसम्म गन्ध पहिचान गर्ने क्षमता छ। प्रहरीले यो कुकुर ७ लाखमा बेलारुसबाट मगाएको हो ।प्रहरीले लागु औषध, हातहतियार पत्ता लगाउन धेरैजसो कुकुर प्रयोग गर्दछ । प्रहरीले विदेशबाट साढे २ लाख देखि ७ लाखसम्मको कुकुर किन्ने गरेको छ ।प्रहरीसँग सबैभन्दा धेरै जर्मन सेफर्ड प्रजातीको कुकुर छ । जर्मन सेफर्डलाई प्रहरीले भूकम्पमा पुरिएका मान्छे पत्ता लगाउन देखि बम पत्ता लगाउन, लागु औषधमा अनुसन्धान गर्न प्रयोग गर्दै आएको छ। सत्याल भन्छन्, ‘यो अलराउण्डर कुकुर हो।’प्रहरीले पछिल्लो समय ४ वटा बेल्जियन सेफर्ड कुकुर किनेको छ। यो कुकुरमा जर्मन सेफर्डको तुलनामा स्टामिना धेरै पाइएको सत्यालले बताए। साथै बेल्जियन सेफर्डमा स्वास्थ्य समस्या समेत कम हुने गरेको उनले बताए।बेल्जियन सेफर्ड सँधै अलर्ट रहने कुकुर हो’, सत्यालले भने, ‘हामी यो प्रजातीको थप कुकुर किन्दैछौँ।’

Related Articles

Back to top button