समाचार

, जग्गा फिर्ता नगरे कडा कारवाहीको चे’तावनी

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनष्टि पार्टी कास्कीले पोखरा महानगरपालिका वडा नं. २३ चापाकोटस्थित साढे ३७ रोपनी जमिनमा आफ्नो झण्डा गाडेको छ । झण्डा गाडिएको जमिन किसानलाई फिर्ता नगरे कडा कारवाही गर्ने चे’तावनी समेत दिएको छ ।

समाचारअनुसार उत्तम पुन र नवीन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडंले बिना सूचना स्थानीय किसानहरुको सो जमिन सहकारीको नाममा पास गरेको थियो । पार्टीको झण्डा गाड्दै विप्लवका कार्यकर्ताहरुले कुनै पनि व्यक्ति वा संस्थाले सो जमिन खरिदबिक्री वा बितरण गरेमा सशक्त कारवाही गर्ने भन्दै कारवाही किन भन्ने पर्चा समेत वितरण गरेका छन् ।

वितरीत पर्चामा नेपाल सहकारीका सञ्चालकद्वय उत्तम पुन र नवीन पुनले किसानहरुको जग्गा फिर्ता नगरी नक्कली दलाल खडा गरी तेस्रो व्यक्तिलाई जग्गा दिने काम सुरु गरेकोमा आपत्ति जनाइएको छ । २०५७ सालमा स्थानीय किसानहरु देवीरमण चापागाई, पूर्णाखर सुनार, कृष्णप्रसाद अधिकारी, कुलप्रसाद पराजुली, बलराम अधिकारी र गोपालप्रसाद पराजुलीले नेपाल सहकारी संस्था लिमिटेडबाट संयुक्तरुपमा ९ लाख रुपैयाँ ऋण लिएका थिए । पीडित गोपालप्रसाद पराजुलीले गाईपालनका लागि ऋण लिएको बताएका छन् । उनले किस्ता बुझाउने क्रममा सहकारीकै शेयर सदस्यहरुबीच विवाद उत्पन्न हुँदा सहकारी काठमाडौं सारिएको र किस्ता समेत बुझाउन नपाएको गुनासो गरे ।

ऋणको आधा साँवा र ब्याज बुझाइसकेपछि द्वन्द्वकालको अवस्थामा एकाएक सहकारी नै सो स्थानबाट हट्नु र काठमाडौं कुन ठाउँमा छ भन्ने जानकारी हामीलाई नदिने कार्यले उत्तम पुन र नवीन पुन समूहको नियतवश ठगी गर्ने उद्देश्य रहेको पुष्टि हुने किसानहरुको भनाइ रहेको छ । १० वर्षपछि बल्ल बल्ल सहकारी काठमाडौंमा भेटेपछि सरसल्लाह हुँदा एकमुष्ठ २५ लाख रुपैयाँ बुझाएर संस्थाको नाममा पास भएको उक्त जमिन फिर्ता गर्ने सहमति भएको थियो । पीडित देवीरमण चापागाईले भने, ‘जे भएपनि हामीले अब जग्गा पाउँछौं भन्ने सोचेर २५ लाख बुझाउन गयौं तर संस्थाले चलखेल गरेर जमिन अरुलाई नै बेच्न थाल्यो ।’

Related Articles

Back to top button