समाचार

३९ जनाले ज्या’न गुमाएको घ’टनामा त्यो लरी चलाउने ड्राइभरलाई थाहै थिएन

काठमाडौं। बेलायतमा एक कन्टेनरभित्र ३९ जनाले ज्या’न गुमाएको घ’टनामा त्यो लरी चलाउने ड्राइभरलाई आफ्नो लरीमा लोड गरिएको कन्टेनरमा ३९ जना आप्रवासीहरु भएको थाहै नभएको उनका एक साथीले दावी गरेका छन् । बेलायती मिडिया द मिररको रिपोर्ट अनुसार कागजी कारवाहीको जाँचको लागि गएका ती ड्राइभरले कन्टेनरभित्र ३९ जनाको श’व देख्दा निकै भयभित भएको ती साथीले दावी गरेका हुन् । ती साथीको पहिचान खुलाइएको छैन ।

साथीका अनुसार २५ वर्षका मो रबिन्सन नामका ती ड्राइभरले चिसिएको कन्टेनरभित्र पीडितहरुलाई भेटेपछि आफैं अलार्म बजाएका थिए । उत्तरी आउरल्याण्डको पोर्टाडाउनका रबिन्सनलाई एसेक्स पुलिसले ती आप्रवासीको ह’त्यामा संलग्न भएको आरोपमा प’क्राउ गरेको छ र सोमबार अदालत पेश गर्दैछ । बेल्जियमबाट पानीजहाजमा आएको कन्टेनरलाई थमेस नदीमा रहेको एक बन्दरगाहबाट रबिन्सनले चलाएर लिएर हिँडेका थिए ।

एक साथीले रबिन्सन नि’र्दोष भएको दावी गरेका छन् । डेलिमेलसँग कुरा गर्दै ती साथीले भने ‘रबिन्सनलाई ती मानिसहरु पछाडि छन् भन्ने थाहै थिएन । देखिएअनुसार उनले लरीलाई एसेक्समा एउटा औद्योगिक क्षेत्रमा पार्क गरे, खल्तीबाट कागजपत्र निकाले र कागजी प्रक्रियाका लागि पछाडि गए । जब उनले कन्टेनर खोले र सबै शरीरहरु देखे उनी निश्चित रुपमा भयभित थिए, जसरी त्यो स्थितिमा जो कोही आ’त्तिन सक्छ । त्यसपछि उनले एम्बुलेन्स बोलाए जसले पुलिसलाई खबर गर्यो ।’

एक प्रत्यक्षदर्शीका अनुसार ती आइरिस ड्राइभर रेफ्रिजेरेटर युनिट खोलेर भित्र शरीरहरु भेट्टाउँदा निकै आत्तिएका थिए । द इभिनिङ स्ट्याण्डर्डको रिपोर्टमा उल्लेख भएका यी प्रत्यक्षदर्शीको कुराको पुष्टि भने हुन सकेको छैन । टेलिग्राफले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार रबिन्सनलाई ती आप्रवासीहरुलाई बेलायत तस्करी गर्ने योजनाबारे जानकारी हुन सम्भव देखिँदैन । रिपोर्टमा दावी गरिएअनुसार पुलिसले तस्करीको नेटवर्कमा रहेका अर्का आइरिस व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

छिमेकीहरुले आइरिस मिडियालाई बताएअनुसार रबिन्सनका मातापिताले आयरल्याण्डको लौरेलभालेमा रहेको घर छाडिसकेका छन् र आफ्नो छोरालाई समर्थन गर्न इङल्याण्ड गइसकेका छन् । रबिन्सनका मातापितालाई चिनेका स्थानीय काउन्सिलर पल बेरीका अनुसार रबिन्सनका पिताले छोराको बारेमा सामाजिक संजालबाट थाहा पाएका थिए । ३१ पुरुष र ८ महिलाको श’व बुधबार बिहानै ग्रेजको औद्योगिक क्षेत्रमा भेटिएको थियो । शवहरु जमेका थिए र बताइएअनुसार भित्रको तापक्रम माइनस २५ डिग्री सेल्सियससम्म झरेको थियो ।

रबिन्सनले पोलार एक्सप्रेस भनिने आफ्नो लरीमा लोड गरिएको बन्टेनर आप्रवासीहरुको श’व भेटिनुभन्दा २ घण्टा पहिले उठाएको विश्वास गरिएको छ । यो कन्टेनर बेल्जियमको जीब्रगबाट थमेस नदी हुँदै एक सामान ढुवानी सेवाले इङल्याण्ड पठाएको थियो । बेल्जियमका अधिकारीका अनुसार कन्टेनर स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर ४९ मिनेट जाँदा जीब्रग आइपुगेको थियो । त्यसपछि बेल्जियमको बन्दरगाहतर्फ पठाइएको थियो ।

यो कन्टेनर एसेक्सको बन्दरगाहमा बुधबार राती साढे १२ बजे आइपुगेको थियो । त्यसको ३५ मिनेटपछि लरीले कन्टेनर लिएर हिँडेको थियो । यो लरीको दर्ता बुल्गेरियामा भएको छ । बुल्गेरियाको विदेश मन्त्रालयका अनुसार यो लरी बुल्गेरियाको भार्नामा एक आइरिस नागरिकको स्वामित्वमा रहेको कम्पनीको नाममा दर्ता भएको छ । बेल्जियम सरकारले यसको जाँचको लागि आफ्नै अनुसन्धान टिम गठन गरेको छ । यो टिमले यो लरीको यात्रा कहाँबाट सुरु भएको थियो र यो देशमा कति समय रह्यो भन्ने पत्ता लगाउनेछ ।

Related Articles

Back to top button