समाचार

एक युवा छोरी बोकेर नारायणी नदीमा हाम फाले

चितवन । छोरीसहित एक युवा नारायणी नदीमा हा म फालेका छन् । दिउँसो ४ बजे छोरी बोकेर नारायणी नदी पुलमा पुगेका करिव ३५ बर्षीय युवा छोरीसहित नदीमा हा म फालेको प्रत्यक्ष दर्शीहरले बताए ।

चितवन तिरबाट आएर पुलचोक छेउमा छोरीलाई चाउमिन खुवाएर करिव दुई वर्षीय छोरी काखमा च्यापेर हिँडेका उनी अचानक पुलबाट हा म फालेको ब्यापारी प्रेम बानियाले बताउनुभयो । उनले आफूलाई श्रीमतीले धो का दिएको र एक महिनादेखि होटेलमा काम गरेर छोरी पाल्दै आएको भनेर गुनासो गरेको प्रत्यक्ष दर्शी ईन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

उसले र क्सी खाएर आएको र र क्सीका तालमा बोलेको भनेर आफूहरुले कुनै बास्ता नगरेको तर पछि हा म फालेको सुनेपछी दुःख लागेको श्रेष्ठको भनाई छ । युवाको शव नारायणी पुल मुनिबाट निकालिएको छ भने छोरी फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
केही प्रत्यक्ष दर्शीले भने छोरी नदीमा खसेपछी उनी बचाउनका लागि नदीमा हा म फालेको बताएका छन् । उनी को थिए र कति कारणले हा म फाले भन्ने केही नखुलेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button