समाचार

खेतमा भेटिएको बोरा खोलेर हेर्दा प्रहरी चकित

चितवन । पश्चिम चितवन जगतपुरको शीतलपानीस्थित खेतमा एक महिलाको शव फेला परेको छ।भरतपुर महानगरपालिका–२३ शीतलपानीका दीनानाथ पौडेलको खेतको कुलोमा ३५–४० वर्षको जस्तो देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।प्रहरीका अनुसार बिहीबार साँझ फेला परेको महिलाको शवपरीक्षणका लागि अहिले भरतपुर अस्पतालमा ल्याइएको छ। बोरामा बेरिएको तथा सडेको अवस्थामा शव भेटिएको हो।शवको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घाँस काट्ने मान्छेले देखेर प्रहरीलाई खबर गरेको जानकारी दिँदै स्थानीयवासी गणेश पौडेलले खुट्टा र टाउकामा बोरा बेरिएको अवस्थामा शव भेटिएको बताए।पौडेलले कतैबाट हत्या गरेर ल्याई फालेको आशंका गरिए पनि अहिलेसम्म कतैबाट जानकारी नआएको बतारुपन्देही– रुपन्देहीमा एक युवतीको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ। गैडहवा गाउँपालिका १ भुझौली गाउँमा सोही स्थानकी १९ बर्षिय किशोरी सबनम नाउ मुस्लिमानको खेतमा मृत अवस्थामा बुधबार शव भेटिएको हो। विवाहको तयारीमा रहेकी सबनम बैशाख
३० गतेदेखि घरबाट सम्पर्क विहिन थिइन।दुई दिनसम्म परिवारबाट सम्पर्क विहिन भएकी थिइन। उनी परिवारको विवाहको निर्णयमा असमति जनाउँदै घरबाट
बाहिरिएको हुनसक्ने प्रहरीको अनुमान छ। दुई वटा सुरुवाल लगाएर आवश्यक सामानसमेत जोहो गरेर युवती हिडेको देखिएको जिल्ला प्रहरी कार्यालय

रुपन्देहीका प्रवत्ता एवम् डिएसपी धर्मराज भण्डारीले बताए। ‘दुई वटा सुरुवाल, कानमा लगाउने नयाँ झुम्का छ, यी सबै हिसाबले केटी भाग्न हिडेको जस्तो देखिन्छ’ डिएसपी भण्डारीलेनागरिकन्यूजसँग भने। उनका अुनसार विवाहका लागि तय भएको केटाले इन्कार गरेको र प्रेमीसँग भागेको हुनसक्छ। उनको शव सड्ने प्रक्रियामा रहेको तथा शरीरमा फोकाहरु निस्केकाले बाहिरी आँखाले चोट देख्न नसकिएको प्रहरीले बताएको छ।पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौं पठाइएको छ। घटनामा संलग्नको आशंकामा एक युवालाई नियन्त्रणमा लिएको छ। घटनाका बिषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापाले बताए। उनले घटना शंकास्पद देखिएकाले अनुसन्धान अगाडि बढाइएको बताए।आफ्नै ९ वर्षीया छाेरी बलात्कार गरेकाे आरोपमा ५० वर्षिय बाबु पक्राखोटाङ । खोटाङमा एक ९ वर्षीया बालिका बलात्कार भएकी छन् । बालिकालाई ५० वर्षिय बाबुले बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको खबरको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।बलात्कारको अभियोग लागेका बाबुमाथि जिल्ला अदालत खोटाङले म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ। ।

Related Articles

Back to top button