समाचार

हेर्नुहोस साप्ताहिक राशिफल कस्तो रहला तपाईंको यो साता

कार्तिक १० देखि १६ गतेसम्मको भाग्यफल

मेष

सुरुमा परिश्रम परे पनि राम्रो प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि वर्गीय हक–हित संरक्षण तथा दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवारदेखि स्वास्थ्यमा समस्या देखिनुका साथै घरेलु समस्याले पिरोल्न सक्छ। आफ्नो स्वतन्त्रतामा पनि बाधा पुग्न सक्छ।

बृष

बौद्धिक प्रतिस्पर्धाले केही समस्या निम्त्याउन सक्छ। सहपाठीहरूबीच असमझदारी बढ्नुका साथै अध्ययनमा पनि समय दिन नसकिएला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। प्रतिद्वन्द्वीहरूले पनि मित्रवत् व्यवहार गर्न थाल्नेछन्। केही दौडधुप गर्नुपरे पनि शुभचिन्तकहरूको साथ दिनेछन्। प्रेमको बन्धन कसिनुका साथै रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। तर अधिक खर्च हुने र विवादमा परिने समय छ। सप्ताहान्तमा स्वास्थ्य बाधा हुने देखिन्छ।

मिथुन

पारिवारिक असमझदारीले मन खिन्न हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। पढाइलेखाइमा पनि ध्यान केन्द्रित नहुन सक्छ। बुधवारदेखि स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धामा उत्रिएरै आम्दानीको दिगो स्रोत हात पार्न सफल भइनेछ। सप्ताहान्तमा व्यावसायिक कामबाट मनग्गे धनलाभ हुनेछ। प्रेमको बन्धन कसिनेछ।

कर्कट

सुरुमा राम्रै नतिजा पाइनेछ। हिम्मत गर्दा विशेष अवसर प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि सहयोगीहरूले साथ दिनेछन्। साहसी काम गरेर नाम कमाउने अवसर प्राप्त हुनेछ। सोमवारदेखि अलि अप्ठ्यारमेमा परिनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। केही अप्रिय समाचारले मन खिन्न हुन सक्छ। आँटेको काम बीचैमा रोकिन सक्छ। पेटको मौसमी गढबढीले स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। तापनि, सप्ताहान्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ।

सिंह

धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। सोमवार र मंगलवार प्रतिस्पर्धीहरू परास्त हुनेछन्। लगनशीलताले काम बन्नेछ र मनग्य आम्दानी हुनेछ। बुधवारपछि पारिवारिक सहयोगले फाइदा हुनेछ भने अरूको भर पर्दा धोका हुन सक्छ। आफ्नै हठले अप्ठ्यारोमा पार्ने सम्भावना छ। परिस्थितिलाई बेवास्ता गर्दा झमेला आइलाग्न सक्छन्। सानो कमजोरीले आफ्नो क्षेत्राधिकार संकुचित बन्ने देखिन्छ।

कन्या

विभिन्न अवसरले पछ्याए पनि सोमवार र मंगलवार कर्मगतिले पछि पार्न सक्छ। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। अस्वस्थताले कमजोर महसुस हुनेछ। बीचमा प्रतिष्ठित काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। रचनात्मक कामले धेरैलाई आकर्षित गर्न सकिनेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धीहरूलाई उछिनेर विशेष अवसर हात पार्न सकिनेछ। सप्ताहान्तमा आफन्त टाढिनाने काम बिग्रने भयले सताउनेछ।

तुला

प्रारम्भमा अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च बढ्नाले अर्थ संकट देखा पर्न सक्छ। सोमवारदेखि स्थितिमा सुधार आउनाले उत्साह बढ्नेछ। सहयोग गर्नेहरू सक्रिय हुनेछन्भ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला। नयाँ साथी भेटिनेछन्। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्वको आकर्षण बढाउन सकिनेछ। भोजभतेरको निम्तो आउन सक्छ। सप्ताहान्तमा वादविवादबाट जोगिने प्रयास गर्नुहोला। प्रतिस्पर्धामा पछि परिए पनि शिक्षामा प्रगति हुनेछ।

बृश्चिक

प्रारम्भमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। तर खर्च समेत बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। बुधवारदेखि स्थिति अनुकूल बन्नाले उत्साह थपिनेछ। व्यसायतर्फ मिहिनेतले उचाइमा पुर्याउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम पनि बन्नेछ। सप्ताहान्तमा नाम, दाम र इनाम हातपार्न सकिनेछ। अध्ययनमा पनि प्रगति हुनेछ।

धनु

प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। नयाँ नोकरीमा प्रवेश वा पदोन्नति हुने योग छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विशेष जिम्मेवारी प्राप्त गर्ने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। व्यापारलगायत दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवार र बिहीवार भने खर्च बढ्नुका साथै स्वास्थ्यमा समस्या देखिन सक्छ।

मकर

प्रारम्भमा केही चुनौती सामना गर्नुपर्ला। स्वास्थ्य कमजोर रहे पनि केही समय पर्खंदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। मिहिनेतले सफलताको मार्गतिर अग्रसर गराउनेछ। नाम, दाम र इनाम हात पार्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। आम्दानीको स्रोत सबल बन्नेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। सप्ताहान्तमा भने अधिक खर्च हुनेछ।

कुम्भ

प्रारम्भमा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। साताको उत्तरार्द्धतिर स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ। सहयोगीहरूले समस्या समाधानको बाटो पहिल्याउनेछन्। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिन सक्छ। आकस्मिक लाभ भए पनि खर्च समेत हुनेछ।

मीन

प्रारम्भमा प्रियजनसँगको भेटघाटले उत्साह जगाउनेछ। भौतिक सुखका साधन जुट्नेछन्। तर, सोमवारपछि अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला। परिस्थितिले संघर्षको पाइलामा हिँडाउन सक्छ। सुखदुःखमा साथ दिनेहरू कमै भेटिए पनि सप्ताहान्तमा आस मारेको कामले उत्साह जगाउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। संघर्ष गर्नुपरे पनि विभिन्न अवसर हात पार्न सकिनेछ।

Related Articles

Back to top button