समाचार

काठमाडौं-मा ४४ जना पुरुष १७ जना महिला पक्राउ

काठमाडौं-माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले सो एरियाबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय प्रहरी वृत बालजुका डिएसपी बालनरसिंह रानाले जानकारी दिए । केहीलाई बार्गेनिंग गरिरहेको अवस्थामा र केहीलाई होटलबाटै पक्राउ गरिएको उनले बताए ।यो पनि हेर्नुस्ः सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेको बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधिका विज्ञहरुले बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने दाबी गरे ।कार्यक्रममा भैरव टेक्नोलोजीका सिइओ सरोज लामिछानेले हाल नेपालकै सरकारी वेबसाइटहरु सुरक्षित नभएको दाबी गरे ।खेतमा भेटिएको बोरा खोलेर हेर्दा प्रहरी चकित !रुपन्देही– रुपन्देहीमा एक युवतीको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ। गैडहवा गाउँपालिका १ भुझौली गाउँमा सोही स्थानकी १९ बर्षिय किशोरी सबनम नाउ मुस्लिमानको खेतमा मृत अवस्थामा बुधबार शव भेटिएको हो। विवाहको तयारीमा रहेकी सबनम बैशाख ३० गतेदेखि घरबाट सम्पर्क विहिन थिइन।दुई दिनसम्म परिवारबाट सम्पर्क विहिन भएकी थिइन। उनी

परिवारको विवाहको निर्णयमा असमति जनाउँदै घरबाट बाहिरिएको हुनसक्ने प्रहरीको अनुमान छ। दुई वटा सुरुवाल लगाएर आवश्यक सामानसमेत जोहो गरेर युवती हिडेको देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता एवम् डिएसपी धर्मराज भण्डारीले बताए। ‘दुई वटा सुरुवाल, कानमा लगाउने नयाँ झुम्का छ, यी सबै हिसाबले केटी भाग्न हिडेको जस्तो देखिन्छ’ डिएसपी भण्डारीले नागरिकन्यूजसँग भने। उनका अुनसार विवाहका लागि तय भएको केटाले इन्कार गरेको र प्रेमीसँग भागेको हुनसक्छ। उनको शव सड्ने प्रक्रियामा रहेको तथा शरीरमा फोकाहरु निस्केकाले बाहिरी आँखाले चोट देख्न नसकिएको प्रहरीले बताएको छ।पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौं पठाइएको छ। घटनामा संलग्नको आशंकामा एक युवालाई नियन्त्रणमा लिएको छ। घटनाका बिषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापाले बताए। उनले घटना शंकास्पद देखिएकाले अनुसन्धान अगाडि बढाइएको बताए।आफ्नै ९ वर्षीया छाेरी बलात्कार गरेकाे आरोपमा ५० वर्षिय बाबु पक्राखोटाङ । खोटाङमा एक ९ वर्षीया बालिका बलात्कार भएकी छन् । बालिकालाई ५० वर्षिय बाबुले बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको खबरको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।बलात्कारको अभियोग लागेका बाबुमाथि जिल्ला अदालत खोटाङले म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ। ।

Related Articles

Back to top button