समाचार

दिदीबहिनी भाइटिका लगाउन घरमा जम्मा भएकै बेला भाइको दुर्घटना बाट दुःखद निधन

जीपबाट खसेर एक जनाको निधन भएको छ । निधन हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो । आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज निधन भएको हो । जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताउनुभयो ।

घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयो । चाडपर्वको बेला घरमा अफ्नत दिदीबहिनी जम्मा भएको बेला चन्दको निधनले परिवार सोकमा डुबेको छ । तिहारको पुर्व सन्ध्या परिवार लगाएत गाउँ नै सोकमा डुबेको छ ।

यो पनि पढ्नुहोस : सडकले जोडिँदै मुस्ताङ र डोल्पा

कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई सडकले जोड्न लागेको हो । यो सडक निर्माणका लागि बाग्लुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी चालू आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

“योजना कार्यान्वयनका लागि हामीसहित प्राविधिकहरुको टोलीले स्थलगत अध्ययन गरिसकेका छौँ”, सांसद तुलाचनले भन्नुभयो, “यसै आर्थिक वर्षभित्र मुस्ताङ र डोल्पाको याखर्कसम्म सडक पु¥याउने योजनामा छौँ ।” बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक (मार्ग) खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालन भइरहेको छ ।

साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका–५ का वडाध्यक्ष रक्की गुरुङले बताउनुभयो ।

“अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडाँै आवतजावत गर्न यो सडक छोटो हुन्छ”, उहाँले भन्नुभयो, “कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।” मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने वडाध्यक्ष गुरुङले बताउनुभयो ।

शिक्षकले चलाउँछन् वडा कर्यालय

मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ ।

यिनै अभावलाई टार्नका लागि र जनताकोे काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा कर्मचारीको अभाव भएको र विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी भएको हुँदा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो । जम्मा पाँच वटा वडा रहेको यस चामे गाउँपालिकामा सबै वडामा एक एक जना शिक्षकले कर्मचारीको काम गर्दै आएका छन् ।

प्रत्येक वडामा एक–एक वटा विद्यालय रहेकामा हाल गाउँपालिकाभरि जम्मा दुई वटा विद्यालय रहेको छ । विद्यार्थीविहीन विद्यालय राख्नुभन्दा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो । स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आए पनि काम चलाउनका लागि शिक्षकलाई नै प्रयोगमा ल्याइएको अध्यक्ष घलेको भनाइ छ । “सरकारको मुख ताकेर बस्ने हो भने कर्यकाल सकिँदा पनि कर्मचारी पूरा हँुदैन । केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिनियमको तालमेल नमिल्दा पनि स्थानीय तहलाई असर परेको छ”, अध्यक्ष घलेले भन्नुभयो ।

हाल शिक्षकले वडा कार्यालयमा रहेर पञ्जीकरणको काम गर्दै आएका गाउँपालिकाका कार्यकारी गङ्गाबहादुर थापाले बताउनुभयो । कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उहाँहरुले वडा सचिवको काम गर्दै आउनुभएको छ ।

Related Articles

Back to top button