समाचार

६.६ म्याग्निच्युड को शक्तिसाली भूकम्प

एजेन्सी । दक्षिणी फिलिपिन्समा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा १ जनाको मृ’त्यु भएको छ । एक हप्ता अघि मात्र सोही क्षेत्रमा भूकम्पमा जाँदा ७ जनाको मृ’त्यु भएको थियो।

भूकम्पको केन्द्रविन्दु कोटाबाटो प्रान्तको तुलुनान शहरभन्दा उत्तरपूर्व रहेको बताइएको छ । फिलिपिन्स इन्सिटिच्युट अफ भोल्कालोलोजी एण्ड सिल्मोलोजीका अनुसार केन्द्रविन्दु मनिलाबाट ९७२ किलोमिटर दक्षिणतर्फ रहेको थियो । भूकम्पपछि सुनामीको खतरा भने नरहेको भूगर्वविद्हरुले बताएका छन्।

भूकम्पमा परी डाभाओ डेल सुर प्रान्तका १५ वर्षीय विद्यार्थीले ज्या न गुमाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । गत अक्टोबर १६ मा सोही क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ७ जनाले ज्या न गुमाएका थिए भने २१५ जना घा’इते भएका थिए । फिलिपिन्स प्यासिफिङ रिङ्ग अफ फायरमा पर्दछ । उक्त क्षेत्रमा विश्वमा जाने भूकम्पको ९० प्रतिशत भूकम्प जाने गर्दछ।

Related Articles

Back to top button